कोभिड तेस्रो लहर र बालबालिका

Loading

People’s News : कोरोना नेगेटिभ देखिएका काठमाडौंका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बाल अस्पतालको पीआईसीयुमा भर्ना भए। तैपनि पुनः पीसीआर गर्दा पोजेटिभ देखियो। उपचारकै क्रममा चैत्र २८ गते मृत्यु भयो। पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कतिपयमा निला दागहरू, नाक र मुखबाट रगतलाई सामान्य र मौसमी रुघाखोकी भन्दै लापरवाह नगरी कोरोना हुनसक्छ भन्दै शंका गर्न जरुरी छ ।

तेस्रो लहर छिट्टै अक्टोबर/नोभेम्बरमा आई डिसेम्बरमा जान सक्ने भएकाले अहिलेदेखि नै तयारी नगरे दोस्रोजस्तै सम्हाल्न सक्दैनौं। कोरोनाको पहिलो लहरमा दुई प्रतिशत कम, दोस्रो लहरमा १० प्रतिशत बढी बालबालिकाको हिस्सा छ। पहिलो लहरमा बुढापाका, दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुने भएकाले त्यसको रोकथाममा घर, समुदाय र विद्यालयमा ध्यान दिन, जिल्ला तथा केन्द्रिय अस्पतालमा बालबालिकाका लागि शैया एचडीयु र आईसीयु स्थापना तथा दक्ष जनशक्ति तयार गर्न ढिलो भइसकेको छ ।

राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर दोस्रो लहर ल्याएजस्तै दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि विद्यालय खुल्दा संक्रमणको समस्या निम्तिन्छ। खोपको पहुँचता पनि पुगेको हुँदैन। समुदायमा सबै वा ६० प्रतिशतलाई खोप दिँदा पनि बच्चा जोगिन्छन्। बच्चामा इम्युनिटी त्यसै पनि कम हुन्छ, हालसम्म बच्चामा कुनै खोप छैन । कोभ्याक्सिन खोप दुईदेखि १८ वर्षकोमा क्लिनिकल ट्रायल चल्दैछ । तथापि फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो जुन नेपालमा तत्कालै आउने सम्भावना देखिँदैन ।

Leave a Comment