कोभिडको लहर तथा हेल्चक्राई

Loading

People’s News : दोस्रो लहरले छोटो समयमै पहिलोले भन्दा बढी तीब्रता लिएको छ। संक्रमणमा मात्र नभई अस्पताल भर्ना हुने मृत्यु हुनेको ग्राफ पनि अप्रत्याशित रूपमा छ। कोरोनाले आफूलाई पूर्ण तयार थप शक्तिशाली बनाई भारतमा विध्वंश मच्चाउँदै नेपालमा प्रवेश गरिसकेको छ। पहिलो निसानामा नेपालगन्ज परी कोरोनासँग लड्ने सिपाहीस्वास्थ्यकर्मी मात्र होइन हतियारको औषधि, अक्सिजन समेतको अभाव देशभर नै उदागीएको छ।

पहिलो लहरमा संक्रमित युवा नै बढी भए पनि अस्पताल भर्ना मृत्यु ६० वर्षमाथिका दीर्घरोगीको थियो भने अहिलेको भर्ना विशेषत ३० देखि ५० वर्षका युवा जमातको स्वाभाविक मृत्यु पनि। निषेधाज्ञा सुरु हुन पहिले नै कोरोना परिवारभित्र पसिसकेको देखिन्छ जबकि पहिलोमा लकडाउनपछि बिस्तारै उचाई लिएको लकडाउन सकिएपछि बिस्तारै परिवारभित्र प्रवेश गरेको थियो। पहिलोमा सदस्यहरू धेरैजसो संक्रमित देखिँदैनथे भने हाल बढी संक्रामक भाइरसका कारण अधिकांश सदस्यहरू संक्रमित देखिन्छन्। तसर्थ परिवारका सदस्यबीच पनि धेरै समयसँगै नबिताउन तथा एक अर्कासँग कुरा गर्दा मास्कको प्रयोग गर्न जरुरी छ।

Leave a Comment