हेल्पलेस हुँदै हेल्थवर्कर्स

Loading

People’s News : युद्धमा खटिएका सिपाही अर्थात् महामारीमा स्वास्थ्यकर्मीहरू बिरामीको जीवन मृत्युबीचको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्दा स्वास्थ्यकर्मीलाई अत्यास लाग्छ । बिरामीको ज्यान जोगाउन नसकेकोमा केही धुरुधुरु रुन्छन् पनि । अस्पतालका यस्ता दृश्यले स्वास्थ्यकर्मीलाई कमजोर, निराश हतोत्साहित बनाउँछ । हरेक कोशिस गर्दागर्दै फलको आस नकारात्मक आउँदा दुःखी हुन्छन् । त्यसैमा कोभिडले युवा जमातलाई नै समस्या मृत्यु दिँदा थप चिन्ता बढाएको छ । कोभिड महामारीका बेला बिरामीलाई भर्ना लिन नसकेको, आफैंलाई संक्रमण सर्ला कि बिरामीको छटपटी, बिरामीको मृत्यु आफ्नो पेसा भविष्यप्रतिको पीरले चिन्ता बढेको छ । हेल्पलेसले तनाव, चिन्ता, अनिद्रा, डिप्रेसनका लक्षण बढ्दै छन् । काम गर्ने क्षमतामा प्रश्न उठने यो पेसामा योग्य छैन कि भन्ने विचार बढ्दैछ । त्यसो पहिलो चरणको कोभिडबाट पनि नेपालमा ४० प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी, डिप्रेसन धेरैमा पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर थियो । 

Leave a Comment