![]()
People’s news : लकडाउनमा पनि संक्रमित निस्फिक्री गाउँघर, जंगल, धारापँधेरा घुमिरहेका छन्। गाडी चल्न मात्र रोक छ भीड, भेला, भोजभतेरमा रोक छैन । काफल पाक्ने समय र यार्सागुम्बा टिप्ने समय भएकाले सयौंको संख्यामा जंगल जंगलमा छन्। बाग्लुङको बलेवा क्षेत्रमा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए। त्यस्तै ८४ पुजा, रुद्री, सत्यनारायण, पोखरी र वरपीपल बिहे पनि भए । गोरखा, तनहुँ, पर्वतका विभिन्न स्थानमा समेत जन्ती आउने र जाने पनि निषेधाज्ञालाई तोड्दै प्रशस्तै भए। देशभर नै २५ भन्दा बढी जम्मा पारेकोमा पक्राउ गरिए पनि जात्रा र भोजभतेर रोकिएनन्। जलजलामा भोज खाएका ६ जनाको मृत्यु भइसकेको छ जसमा चार जना एकै घरका छन्। लकडाउन, भीड, भोजभतेरले नै गाउँ र घरघरमा कोरोना लगेको छ। लकडाउन भए पनि आवागमन तथा जमघटमा ५९ प्रतिशतले मात्र कम भएको छ ।
भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ८० प्रतिशत र भेन्टिलेटरमा रहेका २० प्रतिशतसम्म निको भइरहेका छन्। बिरामीको उमेर नहेरी लक्षण हेर्दै छातीको एक्सरे रिर्पाेटमा दाग देखिए उपचार प्रक्रिया सुरु गर्नुपर्छ।