पर्सा : सक्रिय संक्रमित १६३८, अस्पतालमा ३१४ भर्ना मात्र : अव्वुलेश अन्सारी

Loading

People’s News : अव्वुलेश अन्सारी : पर्सा जिल्लामा हाल सकृय संक्रमित १ हजार ६ सय ३८ जना छन् ।  ती मध्ये वीरगन्जका विभिन्न १५ अस्पताल र सामुदायिक आइसोलेसनमा गरी हाल ३ सय १४ जना संक्रमित उपचाररत छन् । एचडीयुमा १५२, आइसीयुमा १२८ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार  पर्सा जिल्लाभरमा हाल १ हजार ३ सय २४ जना संक्रमित आफ्नै घरको होम आइसोलेसनमा छन् ।

Leave a Comment