बजारको चहलपहलले कोरोनाका कारण मृत्यु दर बढ्दै

Loading

People’s News : वीरगन्जमा संक्रमण दर घट्दै गएको भएपनि अस्पतालमा कोरोनाले हुने मृत्यु दर भने कम भएको छैन वीरगन्जका अस्पतालहरुमा कोरोना संक्रमणले हुने मृत्यु दर अहिले २६ प्रतिशतको हाराहारीमा पुगेको । वैशाख अन्तिम साता भने मृत्यु दर २२ प्रतिशत थियो वैशाख दोस्रो तेस्रो साता भने वीरगन्जमा मृत्यु दर १७ प्रतिशतको हाराहारीमा थियो वैशाखाको पहिलो साता भने मृत्यु दर १४ प्रतिशतको हाराहारीमा मात्र थियो । तर अहिले जेठ दोस्रो साता चलिरहँदा मृत्यु दर बढेर २६ प्रतिशत हाराहारीमा पुगेको हो चैत ३० गते देखि जेठ गते सम्म वीरगन्जका विभिन्न १५ वटा अस्पतालमा गरी कोरोना संक्रमणले सय १८ जनाको मृत्यु भएको  ती मध्ये पर्साका १०६ जना हुन्

११२ जना मृतक भने अन्य जिल्लाका हुन्  सबै भन्दा बढी संक्रमितको उपचार हुँदै आएको नारायणी अस्पतालमा मात्र चैत ३० देखि जेठ गते सोमबार राति सम्म १११  जनाको मृत्यु भएको  नारायणी अस्पतालमा उपचारका लागि सोमबार रातिसम्म ४४२ संक्रमित भर्ना भएकोमा तीमध्ये १११ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जनाकारी दिए । सोमबार मात्रै जनाको मृत्यु भएको डाक्टर दासले जानकारी दिए नारायणी अस्पतालमा भर्ना भइ उपचार गराएका ४४२ मध्ये २०२ जना निको भइ घर फर्किएको , १११ जनाको मृत्यु  भएको , २३ जनालाइ अन्यत्र रिफर गरिएको हाल १०२ जना संक्रमित उपचारत रहेको उनले बताए । 

उनी भन्छन्, ‘नारायणी अस्पतालमा अहिले कोरोना संक्रमणले हुने मृत्यु दर २६ प्रतिशत संक्रमण पुष्टि भएका तर सामान्य लक्षण भएका संक्रमितहरु भने चिकित्सको सुझावमा होम आइसोलेसन सेमीआइसोलेसनमा बस्ने गरेका छन् । वीरगन्जमा रहेका अस्पतालले जटिल अवस्थाका संक्रमितलाई मात्र भर्ना लिने गरेका छन् डाक्टर उदय नारायण सिंहका अनुसार, कोरोना संक्रमणको पहिलो लहरका बेला भने वीरगन्जमा कोरोनाले हुने मृत्यु दर अधिकतम प्रतिशतसम्म मात्र पुगेको थियो । तर अहिले दोस्रो लहरमा वैशाख अन्तिम सातायता भने वीरगन्जका अस्पतालमा कोरोना संक्रमितको मृत्यु दर २६ प्रतिशतको हाराहारीमा रहेको डाक्टर सिंह पनि बताउँछन्  

अहिले नयाँ भेरियन्टको भारइस निक्कै कडा रहेको यसले फोक्सोमा छिटटै असर पारेका कारण मृत्यु दर अप्रत्याशीत रहेको डाक्टर सिंह बताउँछन् ।यसका साथै कोरोना संक्रमण सरिसकेको भएपनि लापरवाही गरेर घरमै बस्ने अनि अवस्था जटिल भएपछि मात्रै अस्पतालमा आउने भएका कारणले पनि मृत्यु दर बढी भएको डाक्टर सिंह बताउँछन् नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दास पनि त्यहि भन्छन्,‘एकदमै अन्तिम अवस्था भएपछि मात्र बिरामी अस्पतालमा आउँछन् , हामीले उपचारको प्रयास गर्छौ तर फोक्सो पुरै निमोनियाले बिगारी सकेको हुन्छ, अनि चाहेर पनि कतिपयलाई बचाउन सकिरहेका छैनौं । 

वीरगन्जका अस्पतालमा मृत्यु दर एक हप्ता अझै नघटने डाक्टर नीरज सिंहको अनुमान छ।उनी भन्छन्,’ अहिले पनि अस्पतालमा जटिल अवस्थाका सय भन्दा बढी बिरामी छन् , ती मध्ये भेन्टिलेटरमा मात्रै ३० भन्दा बढी छन् , त्यसका कारण हप्ता १० दिन मृत्यु दर बढी नै रहन्छ । केहि दिनयता अस्पतालमा जटिल अवस्थाका संक्रमित उपचारका लागि नआएकाले हप्ता दिनपछि मृत्यु दर ह्वात्तै घट्ने उनी बताउँछन् उनी भन्छन् ,‘ अहिले अस्पतालमा जटिल अवस्था जति पनि बिरामी छन् , ती हप्ता १० दिन पहिले नै आएर भर्ना भएका हुन् ,  नयाँ क्रिटिकल केश अहिले आइरहेको छैन   L

Leave a Comment