![]()
People’s News : वैशाख १६ गते देखि लगाइएको निषेधाज्ञाले संक्रमणको चेन ब्रेकमा काम गरेकै कारणले वैशाख अन्तिम सातापछि संक्रमण दर निरन्तर कम हुँदै गएको यहाँका चिकित्सकले बताएका छन् । निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनले संक्रमण दर निरन्तर घट्दै गएको नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले बताए । उनले भने,‘ ४ हप्तादेखि निषेधाज्ञा जारी रहेकाले मान्छेको भीडभाड हुन पाएको छैन, यहि कारणले संक्रमणको चेनब्रेक भएको हो ।
वीरगन्जमा संक्रमणको दर अझै कम गर्न कम्तिमा अझ १० दिन निषेधाज्ञालाइ निरन्तरता दिनुपर्ने सुझाव डाक्टर सिंहको छ । नारायणी अस्पतालकै डाक्टर उदय नारायण सिंहले भने वीरगन्ज महानगर क्षेत्रमा संक्रमण दर घटेको भएपनि जिल्लाका ग्रामीण भेगमा भने संक्रमण बढ्न थालेको बताए । उनले भने, ‘ संक्रमण शहरबाट अब गाउँतिर सरेको छ, अब ग्रामीण भेगमा पनि कम्तिमा पनि २ साता निषेधाज्ञालाई कडाइ गरेर परीक्षणको दायरा बढाउन सकियो भने त्यसले सुखद नतिजा दिने निश्चित छ ।