कोरोनाबाट एकैदिन ६ को मृत्यु ८८ मा संक्रमण

Loading

People’s News : स्याङजा : स्याङ्जामा सोमबार थप ८८  जनामा कोरोना पुष्टि भएको छ भने ६ जना संक्रमितको निधन भएको छ। पछिल्लो २४ घण्टामा ३७ महिला र ५१ पुरुष गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपचारका क्रममा वालिङ नगरपालिकाका दुई जना, भीरकोट, पुतलीबजार, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक/एक जना संक्रमितको उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिकाका ४२ वर्षीया र ५४ वर्षीया महिलाको उपचारका क्रममा मृत्य भएको हो । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुलाई वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी, बिरुवा गाउँपालिकाका ३० वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४४ वर्षीय पुरुष, पुतलीबजार नगरपालिकाका ६७ वर्षीय पुरुषको उपचारका क्रममा फेवासिटी र मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । गल्याङ नगरपालिकाका ५५ वर्षीय पुरुषको भने थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

Leave a Comment