भीडभाडले कोरोना जोखिम बढ्यो :

Loading

People’s News : कोभिड १९ को दोस्रो लहर सुरुसँगै जिल्ला जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कोरोना फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले गत वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो जेठ ३ गतेको बैठकले ७,१० र १३ गते जिल्ला बाहिरका निर्माण र खाद्य सामग्रीका सवारी सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । सोही अनुसार जिल्लाका गाउँगाउँ जाने खाद्य सामग्री लिन सवारीसाधन सदरमुकाम आउन थालेसँगै पसलमा भीडभाड बढेको स्थानीयले बताए । निश्चित दिन तोक्दा पसलमा भीड बढेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बैठकमा सबैको सल्लाहमा दिन तोकेको उल्लेख गर्दे आवश्यकता र जोखिम हेरेर फेरी निर्णय गर्ने जानकारी गराइन् ।  हाल गुल्मीमा ९ सय ७० सक्रिय संक्रमित छन् भने ७ सय १४ निको भइसकेका छन् । जिल्लामा कोरोना संक्रमणबाट ६६ जनाले ज्यान गुमाएका छन् ।

Leave a Comment