![]()
People’s News/Butwal : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमत संग्रहमा जान आग्रह गरेका छन्। विज्ञप्ति जारी गर्दै विप्लवले संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने बताए। ‘जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर सहकार्य गर्न तयार रहेको स्पष्ट पार्छौं,’ विज्ञप्तिमा भनिएको छ। अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको ठहर गर्दै आवधिक चुनावमा जानु झन् ठूलो संकट निम्तनु उनको तर्क छ। ‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो,’ उनले भनेका छन् ।