विघटन असंवैधानिक : सभामुख : pnews/Kathmandu

Loading

Peopel’s News : Kathmandu : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटन र नयाँ चुनावको घोषणा शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत भएको बताएका छन्। राष्ट्रपति कार्यालयबाट जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको सभामुख सापकोटाको भनाइ छ । सापकोटाद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विज्ञप्तिमा यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं संर्वोच्चको अदालतको संवैधानिक इजालसको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिएको बताइएको छ। संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने सापकोटाले बताएका छन् ।

Leave a Comment