People’s News/Nepalgunj : माओवादीले प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ। पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विघटन राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको भन्दै विरोध गरेको छ । बैठकपछि अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा राष्ट्रियता र सार्वभौमसत्ता पक्षधर सबै दल र बुद्धिजीविलाई संघर्ष गर्न अपिल गरिएको छ। माओवादीले कानुनी लडाइँसँगै कोभिड महामारीबाट नागरिकको जीवनरक्षा गर्न एकीकृत अभियान चलाउने निर्णयसमेत गरेको छ।
