विपक्षीले रमिता मात्रै हेर्ने ! : PN Media

Loading

People’s News Kathamndu : संसद्को संसद् पुनर्स्थापना भएको तीन महिनासम्म अविश्वास प्रस्तावको हल्ला गर्दै विपक्षीहरूले रमिता मात्रै हेरेकोले यो अवस्था आएको हो। कांग्रेस अलि गम्भीर भएर ठोस् तयारीका साथ समयमै मुभ गरेको भए संभवत : अहिलेको अवस्था आउने थिएन ।संविधानको ७६() अनुसार बहुमतप्राप्त दलको प्रधानमन्त्रीको हैसियतमा रहेका ओली नेकपाको एकता बदर गर्ने सर्वोच्चको फागुन २३ को फैसलापछि संविधानको ७६() अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतीय प्रधानमन्त्रीमा परिणत भएका थिए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ओलीले गत वैशाख २७ गते संसद्बाट विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

राष्ट्रपतिले ७६() अनुसार बहुमतीय सरकारको गठन गर्न दलहरूलाई मौका दिए पनि त्यो संभव नभएपछि संविधानको धारा ७६() अनुसार संसद्मा रहेको ठूलो दलको हैसियतले पुन : प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर नियुक्त भएको एक हप्ता पनि नबित्दै विश्वासको मत लिने वातावरण नरहेको भन्दै बिहीबार ओलीले ७६() अनुसार सरकार गठनको प्रक्रिया थाल् राष्ट्रपतिलाई आग्रह गरेका थिए। त्यही आग्रहअनुसार राष्ट्रपतिबाट पनि तत्कालै सूचना जारी भएको हो ।

Leave a Comment