भारतबाट बिरगंज नाका हुँदै ५ बुलेट अक्सिजन नेपाल भित्रियो : अब्बुलेश अन्सारी/बिरगंज

Loading

People’s News : अब्बुलेश अन्सारी/बिरगंज : बीरगञ्ज नाका हुँदै ५ बुलेट अक्सिजन नेपाल भित्रिएको छ । कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण अक्सिजन अभाव भइरहँदा भारतबाट लिक्वीड अक्सिजन नेपाल भित्रिएको हो । तीन लटमा भित्र्याइएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू , दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी गराएको छ वीरगञ्ज–रक्सौल नाका भएर हालसम्म ५ बुलेट अक्सिजन ग्यास नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार यसरी भित्रिएको अक्सिजन बुलेट काठमाडौँको शङ्कर ग्यास उद्योगले भित्र्याएको हो । वीरगञ्जमा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् ।

Leave a Comment