पर्सा प्रहरीद्वारा चोरीको स्कुटरसहित युवक पक्राउ : अब्बुलेश अन्सारी/बिरगंज

Loading

People’s News : अब्बुलेश अन्सारी बिरगंज : पर्सामा प्रहरीले चोरीको स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २२ वर्षका प्रदीप साह रहेका छन् । प्रदीपले जेठ ३ गते सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी रञ्जित साहको नाममा दर्ता रहेको ना । २३ प ८२७१ नम्बरको हरियो रङ्गको स्कुटी प्रगतिनगर सडक छेउमा पार्किङ्ग गरेर राखीएको अवस्थामा लक फुटाई चोरी गरेका थिए । उनले स्कुटी चोरी गरेर आफ्नो घरभित्र लुकाएर राखेको सूचना प्राप्तपछि बिहिबार दिउँसो ३ बजेको करिबमा प्रहरीले उनको घरमा छापामारी गरेर स्कुटी बरामद गरेको थियो । प्रदीपलाई पनि उनको घरबाटै पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीले प्रदीप विरुद्ध चोरी सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको डिएसपी खनालले बताए ।

Leave a Comment