उद्देश्य

उद्देश्यःः–
क. संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको शासन प्रणालीलाई संस्थागत गर्न सक्रिय भूमिका निर्वाह
गरि जनतालाई लोकतान्त्रिक पद्धतिको अनुभूति गराउने।
ख. मधेशी, जनजाति, दलित, महिला, मुस्लिम, अल्पसंख्यक, पिछडिएका वर्गलाई राष्ट्रिय मूलधारमा
ल्याई संविधानमा समान हैसियत दिलाउन कटिबद्ध रहने।
ग. मधेश आन्दोलनका पीडितहरुको साँगठनिक ढाँचा तयार पारि उनीहरुलाई राहत दिलाउन तथा
उनीहरुको जीविकोपार्जनको स्थाई व्यवस्था गराउन राज्यलाई दबाव दिने।
घ. देशमा महामारी जस्तो फैली रहेको भ्रष्टाचार र त्यसले सामाजिक जीवनमा ल्याएको बिकृतिले
राष्ट्रिय प्रतिष्ठा नै दाँवमा परेकोले यस्तो प्रवृतिको विरुद्ध जनचेतनाको लागि राष्ट्रिय अभियान
संचालन गरि भ्रष्टाचार मुक्त समाजको सृजना गर्ने।
ङ. देशमा सामाजिक, राजनीतिक तथा आर्थिक रुपान्तरणका लागि विकास आयोजनाहरु तर्जुमा गरि
अगाडि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने।
च. मधेशी समाजको संरचनागत जाती, धर्म, भाषा, संस्कृतिको सर्वेको आधारमा तथ्यगत जनसंख्या
विवरण प्राप्त गर्ने।
छ मधेशको कृषि, वन, जंगल, जलाधार, औद्योगिक प्रतिष्ठानका क्षेत्रफलका साथ यिनको भौतिक र
चरित्रको तथ्यगत विवरण प्राप्त गर्ने।
ज मधेशमा रहेको आयस्रोत र तिनको प्रयोगको विवरण तथा सम्भाव्य आयस्रोत प्राप्त गर्न सक्ने
आधारहरुको विवरण अध्ययन र अनुसन्धानको आधारमा खोज्ने।

माथि उल्लेखित उद्देश्यका कार्यक्रम गर्दा सम्बन्धित निकायको स्वीकृति लिनु पर्ने
अवस्था भएमा सम्बन्धित निकायसँग स्वीकृति लिई संचालन गरिनेछ।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरुः

यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ :
क. संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरि
मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ।
ख. संस्थालाई आवश्यक पर्ने कार्यालयको लागि भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र
संस्थाकालगि आवश्यक सामान खरिद गर्नेछ वा लिजमा लिनेछ।
ग. संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्नेछ।
घ. संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरि बैंक खाता संचालन गर्नेछ।
ङ. अन्य आवश्यक कुराहरु गर्नेछ।

उपेन्द्र झा

Leave a Reply