संसद्को तरल अंकगणित र ओलीलाई नै सजिलो : PN Media

Loading

People’s News Kathmandu : सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि   सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ जसपाका ३४( निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्  त्रिशंकु संसद्को तरल अंकगणित संवैधानिक प्रबन्ध ओलीकै लागि अनुकुल देखिन्छ। त्यसमाथि राष्ट्रपतिको साथ   सद्भाव छँदैछ प्रधानमन्त्रीलाई। एमालेसँग १२१ रहेकोले अब १५ सांसद मात्रै थपिए ओलीको निरन्तरता सुरक्षित हुनेछ। जसपाका कम्तीमा १९ जना सांसदहरू महन्थ राजेन्द्र पक्षमा देखिएका छन् स्वतन्त्रमध्ये राप्रपा नेमकिपाका दुईजना पनि ओलीतिरै छन् ।ओली महन्थ महतोलाई फकाएर संभव भए उनीहरूको सहभागितासहित वैकल्पिक सरकार बनाउने रणनीतिमा छन् ।

त्यसरी सरकार बन्यो भने बाँकी १८ महिना ओलीलाई ढुक्क हुनेछ। बीचमा अहयोग अप्ठ्यारो परे कुनै पनि बेला उनले संसद् विघटन गरेर चुनावा जानसक्नेछन्।  ठाकुर महतो पक्ष ओली नेतृत्वको नयाँ सरकारमा सहभागी नहुने अवस्थामा ओलीको फेरि अर्को रणनीति , त्यो भनेको जसपालाई तटस्था राखेर विपक्षीको गठबन्धनको सरकार बन् नदिने। ओली यी दुई लाइनको रणनीतिअनुसार अघि बढेका छन्  विपक्षीले माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सारेर वैकल्पिक सरकार बनाउने एउटा संभावना छ। माधव पक्षका २० सांसदको मात्रै हस्ताक्षर जुट्यो भने पनि कांग्रेस, माओवादी   जसपाको उपेन्द्र यादव पक्ष मिलेर नयाँ सरकार बन् सक्छ। तर यो बाटो माधवका त्यति सहज छैन। तत्काल ओलीले उनलाई पार्टीबाट निकाल्ने संसद् सदस्यबाट बर्खास्त गर्नेसम्मका कदम चाल्नसक्छन्। त्यसकारणले त्यो जोखिम मोलेर माधव त्यसरी मुभ होलान्  भनेर विश्वास गर्न गारो छ।

Leave a Comment