कोभिडबाट भारतमा : एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै सर्वाधिक

Loading

People’s News : भारतमा पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । यो भारतमा एक दिनको अवधिमा मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। योसँगै भारत एकै दिन चार हजारभन्दा बढीले ज्यान गुमाउने ब्रजिल र अमेरिकापछि तेस्रो मुलुक बनेको छ । विज्ञहरूले दैनिक रूपमा ज्यान गुमाइरहेका मानिसहरूको सङ्ख्या थप बढ्नसक्ने बताएका छन् । भारतमा २४ घण्टाको अवधिमा चार लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् र ४,१८७ जनाको मृत्यु भएको  जनाएको छ । भारतमा फेब्रुअरी १४ तारिखयता कोरोनाभाइरसका कारण ८२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्याङ्कका अनुसार भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यस्तै हालसम्म २३८,२७० जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख २३ हजारभन्दा केही बढी छ ।

अमेरिकी उपराष्ट्रपतिको चिन्ता : अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले भारतमा कोरोनाभाइरसको बढ्दो सङ्क्रमण र मृत्यु डरलाग्दो रहेको बताएकी छन् । समाचार संस्था पीटीआईका अनुसार ह्यारिसले अमेरिकाका लागि भारत महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन् । भारतीय मूलका मानिसहरूका लागि आयोजना गरिएको कोभिड-१९ सम्बन्धी एक कार्यक्रममा प्रसारण गरिएको एउटा भिडियो सन्देशमा उनले भनिन्, “तपाईँहरूमध्ये धेरैलाई थाहा छ कि मेरो परिवारको कैयौँ पिँढी भारतका हुन् । मेरी आमाको जन्म र पालनपोषण भारतमै भयो । मेरो परिवारका कैयौँ सदस्य आज पनि भारतमा छन् । ह्यारिसले थपिन, भारतमा स्थिति खराब हुन सुरु हुनासाथ अमेरिकी प्रशासनले कदम चाल्यो । के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो तर भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएपछि जो बाइडन नेतृत्वको प्रशासनको व्यवहारको कडा आलोचना भएको थियो । अन्य देशहरू भारतको सहयोगार्थ अघि बढ्दा अमेरिका भने कैयौँ दिनसम्म चुप लागेर बसेको भन्दै अमेरिकाको आलोचना भएको थियो । तर अमेरिकाले हालसम्म भारतलाई १० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ । L

Leave a Comment