सप्तकोशी नगरपालिका समेत कोरोनाको संक्रमणको लहरमा : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज/सप्तरी/कैलाश माझि/बुधबार, १५ बैशाख सप्तकोशी नगरपालिका सप्तरी। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( Covid-19 ) सङ्क्रमणको दोस्रो लहर बढ्दो क्रममा रहेको हुदा देशको विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी भैसकेको हुदा र साथसाथै यस् सप्तकोशी न. पा. क्षेत्र भित्रमा पनि कोरोना भाइरस पुष्टि भैसकेको हुदा र थप जोखिमको अवस्था रहिरहेको हुदा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, बाहिर निस्कदा अनिवार्य माक्सक लगाउन, कम्तिमा २ मिटरको भौतिक दुरि कायम गर्न, भिडभाड हुने कार्य नगर्न र पटक पटक साबुन पानीले हात धुन साथै यश कोरोना भाइरस सङ्क्रमणलाई समुदायमा बिस्तार हुनबाट नियन्त्रण गर्न आवश्यक देखिएकोले यश पालिका भित्रका सम्पुर्ण हाट बजार तथा भिड्भाड हुने कार्य संचालनमा रोक लगाइएको र यश पालिका भित्रका सम्पुर्ण वडा कार्यालय बाट प्रबाह हुने अति आवश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु मिति २०७८-०१-२१ गते सम्मका लागि बन्द गरिएको जानकारी आज एक सूचना जारी गर्दै सप्तकोशी न. पा. का प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले गराएका छ्न । घरमै बसौ आफू पनि बचौ र अरुलाइ पनि बचाउ अति आवश्यक कामबाट घरबाट बाहिर कोहि पनि ननिस्कौ । सप्तकोशी न. पा. द्वारा जारी गरिएको जनहितमा जारी सूचना । 

Leave a Comment