![]()
www.pnews.com.np : नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पछिल्लो लहरको असर देशका विभिन्न स्थानमा देखिन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । गत एक साताभित्र काठमाण्डूमा सबैभन्दा धेरै आठ सयभन्दा बढी सङ्क्रमित देखिएका छन् भने भक्तपुर, कास्की, बाँके र रूपन्देही जिल्लामा एक सयभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । सङ्क्रमणको दृष्टिकोणले कुनै बेला ‘हटस्पट’ को रूपमा चिनिएको प्रदेश नं २ को पर्सा जिल्लामा पनि केही दिनयता सङ्क्रमण बढ्दो क्रममा रहेको पाइएको छ । गत एक साताभित्र पर्सामा ८७ जना सङ्क्रमित फेला पारिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । त्यस्तै मोरङमा ७१, चितवनमा ५६, कैलालीमा ५३ र दाङमा ५१ जना सङ्क्रमित एक साताभित्र फेला परेका छन् । पाँचथर, जाजरकोट, अछाम, मुगु लगायत केही जिल्लामा भने एक/एकजना सङ्क्रमित फेला परेको मन्त्रालयको विवरणमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार पछिल्लो समय सङ्क्रमितहरू बढेसँगै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा पाइएको छ । एक साताभित्र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५२ जना आईसीयूमा भर्ना भएका छन् भने वाग्मती प्रदेशमा दोस्रो बढी ४१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयद्वारा मङ्गलवार सार्वजनिक विवरणमा उल्लेख छ ।
शैक्षिक संस्थाहरू किन बन्द गर्ने र नगर्ने ? मङ्गलवार अपराह्णसम्म वाग्मती प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका चारजना सङ्क्रमित भेन्टिलेटरमा छन् । सुदूरपश्चिम प्रदेशमा एकजना र बाँकी चार प्रदेशमा कुनै सङ्क्रमित भेन्टिलेटरमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्यविद् के भन्छन् ? : कतिपय जिल्लामा बढी सङ्क्रमित देखिँदा केहीमा कम सङ्क्रमित फेला परेकोमा ढुक्क हुने अवस्था नरहेको भन्दै सङ्क्रामक रोग विशेषज्ञ र जनस्वास्थ्यविद्ले सचेत गराएका छन् । परीक्षण नभएर पनि कतिपय जिल्लामा कम सङ्क्रमित देखिएको हुन सक्छ,” सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि डा. सुवेदीसँग सहमत देखिन्छन् । एक महिनामा सङ्क्रमणको अवस्था। रातो रङ्गले ४०० भन्दा बढी सङ्क्रमण, सुन्तना रङ्गले २०० देखि ४०० सङ्क्रमण, फिक्का पहेँलोले २०० सम्म सङ्क्रमण र हरियो रङ्गले सङ्क्रमण नभएको जिल्ला जनाउँछ “काठमाण्डूमा कतिपय उपचारका क्रममा शल्यक्रियाअघि लगायतका अवस्थामा अस्पतालहरूले कोभिड परीक्षण गर्ने गरेकोले पनि यहाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको हुनुपर्छ,” डा. मरासिनीले थपे । पछिल्लो समय भारतबाट नेपालीहरूका साथै भारतीय नागरिकहरूको आगमन बढेसँगै उनीहरूबाट सङ्क्रमण फैलिरहेको हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ र जनस्वास्थ्यविद्हरूको आकलन छ । चैत्र ६ गतेयता सीमा नाकाहरूमा १०,२७६ परीक्षण गरिएकोमा ५३४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ । मङ्गलवारमात्रै सीमा प्रवेश गर्ने ८१७ जनालाई परीक्षण गरिएको र ५७ जनामा सङ्क्रमण देखिएको थियो ।
रोकथाम र नियन्त्रणका लागि के गर्ने ? ; कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण नेपालले पनि सङ्क्रमण नियन्त्रण तथा रोकथामका विश्वव्यापी अभ्यास एवम् मापदण्डहरूलाई अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ । मनागरिकले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्यो भने राज्यले परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ्गहरू बढाउनुपर्यो,” डा. सुवेदीले सुझाए । सरकारले ‘प्यासिभ सर्भेलिएन्स’ को नीति अवलम्बन गरेसम्म सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्भव नहुने डा. मरासिनीको दाबी छ । “सङ्क्रमितहरू आफैँ परीक्षण गराउन जानुपर्ने अवस्था रहेसम्म सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न गाह्रो छ। राज्यले एक्टीभ सर्भेलिएन्सको नीति लिएर आफैँ परीक्षण, कन्ट्याक्ट ट्रेसिङ्गको काम गर्यो भने सकिन्छ,” डा. मरासिनीले थपे । सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ‘कठोर’ कदम चाल्नुअघि नै जनस्वास्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य अधिकारीहरूले जोड दिँदै आएका छन् । पछिल्लो समय सङ्क्रमित हुनेमध्ये १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या बढ्दो क्रममा देखिएको पृष्ठभूमिमा केही समयका लागि विद्यालयहरू बन्द गर्नुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ । BBC