कोरोना भाइरस सङ्क्रमणबीच विद्यालय सञ्चालनबारे दुई धार

Loading

जनस्वास्थ्यविद्‌हरूले नेपालमा पछिल्लो समय बालबालिकामा सङ्क्रमण बढिरहेको पाइएकोले विद्यार्थीमार्फत् समुदायमा सङ्क्रमण फैलिनसक्ने चिन्ता व्यक्त गरिरहँदा विद्यालय सञ्चालकबीच चर्को मतभेद देखिएको छ । एकथरीले पछिल्लो सङ्क्रमणको प्रवृत्तिलाई दृष्टिगत गर्दै पुनः अनलाइन कक्षा सञ्चालनमा जानुपर्ने धारणा राखेका छन् भने अर्कोथरीले शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिसहित कक्षा सञ्चालनलाई नै निरन्तरता दिइनुपर्ने बताएका छन् । विद्यालय सञ्चालकबीच मतभेद जारी रहेका बेला कतिपय अभिभावकले आफ्ना बच्चालाई विद्यालय पठाउने जोखिम मोल्न नसक्ने बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाक्लो जनसङ्ख्या भएका क्षेत्रका विद्यालयहरूमा भर्चुअल कक्षा सञ्चालनका लागि कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई मन्त्रालयले गत साता नै सिफारिस गरे पनि मन्त्रिपरिषद्‌बाट त्यसबारे निर्णय हुन बाँकी छ । निजी तथा आवासीय विद्यालय अर्जनाइजेशन नेपाल प्याब्सनले चाहिँ कक्षा स्थगनबारे औपचारिक रूपमै असहमति जनाएको छ । गत आइतवार एउटा विज्ञप्ति जारी गर्दै उसले धेरै सङ्क्रमण देखिएका ठाउँका विद्यालयको हकमा केही समयका लागि प्रतिबन्धात्मक कदम चाल्न सकिने धारणा राखेको थियो ।

अनलाइन कक्षा सञ्चालन पक्षधर के भन्छन् ? : पछिल्लो सङ्क्रमणलाई लिएर काठमाण्डूस्थित ग्यालेक्सी पब्लिक स्कूलले फेरि अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा अभिभावकहरूको राय मागेको जनाएको  छ । शुरूमा हामीले पाँच कक्षासम्म पुनः अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा मङ्गलवार अभिभावकहरूलाई परिपत्र गरेका छौँ। सङ्क्रमणको जोखिमलाई हेरेर माथिल्लो कक्षासम्म त्यसरी जान सक्छौँ,” स्कूलकी प्रधानाध्यापक गीता रानाले बीबीसीसँग भनिन् । मेरो विचारमा अहिलेको अवस्थामा केही समयका लागि विद्यालयहरू वैकल्पिक सिकाइ अर्थात्‌ अनलाइन कक्षामै जानुपर्छ । यो शैक्षिक सत्रका निम्ति आवश्यक पठनपाठन लगभग सकिसकेकोले बाँकी पठनपाठन अनलाइनमार्फत्‌ घरबाटै गराउँदा समस्या नहुने उनको ठम्याइ छ । ललितपुरस्थित रातो बङ्ग्ला स्कूलले गत वर्षको लकडाउनयता नै शुरू गरिएको भर्चुअल कक्षालाई अहिलेसम्म निरन्तरता दिइएको जनाएको छ। सो स्कूलकी निर्देशक शान्ता दीक्षितका अनुसार परीक्षाका लागि विद्यार्थीलाई बोलाउने कि भन्ने विषयमा गत माघ महिनामा अभिभावक, शिक्षक तथा सङ्क्रामक रोग विशेषज्ञ लगायतसँग सल्लाह मागिएको थियो । त्यति महिनासम्म नबोलाएपछि जाँचका लागि मात्र के बोलाउनु भन्ने सुझाव आयो र हामीले अनलाइन कक्षालाई नै निरन्तरता दिइरहेका छौँ, । पछिल्लो समय देखिएको सङ्क्रमणको जोखिमलाई समेत ध्यानमा राखी बच्चाहरूको सिकाइ र सीपलाई कक्षा बढुवाका निम्ति मूल्याङ्कनको आधार बनाइने उनी बताउँछिन् । ए लेभलको हकमा भन्ने जनस्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गराई कक्षा सञ्चालन गरेका छौँ,” निर्देशक दीक्षितले थपिन् ।

प्रत्यक्ष कक्षा सञ्चालन पक्षधर के भन्छन् ? : काठमाण्डूको सामाखुशी इङ्ग्लिश बोर्डिङ स्कूलका संस्थापक युवराज थापा विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थितिसहित कक्षा सञ्चालनलाई रोक्न नहुने तर्क गर्छन् । स्कूल सञ्चालन भइरहेकोमा अभिभावक पनि खुशी हुनुहुन्छ। बच्चाहरू जथाभावी इन्टरनेटमा समय खेर फाल्ने गरेको गुनासो विगतमा हामीले सुनेका छौँ,” थापाले भने । कोरोनाभाइरसलाई लिएर सञ्चारमाध्यमहरूले पनि हाउगुजी बनाएको उनको आरोप छ । पोहोरको जस्तै सबै कुरा बन्द गर्नु हुँदैन । एउटै घरमा एक जनालाई सङ्क्रमण भएको हुन्छ भने अर्कोलाई हुँदैन,” थापाको तर्क छ । आकाशगङ्गा इन्टरन्याश्नल एकेडेमीकी प्रधानाध्यापक होमलक्ष्मी गुरुङ पनि प्रत्यक्ष कक्षा सञ्चालनको पक्षमा छिन् । अनलाइन कक्षा भनिए पनि त्यो खासै प्रभावकारी देखिएको छैन,” उनले भनिन् । पठनपाठनबारे संस्थागत निर्णयका आधारमा आफ्नो स्कूलले आवश्यक कदम चाल्ने प्रधानाध्यापक गुरुङले बताइन् । BBC savar 

0 thoughts on “कोरोना भाइरस सङ्क्रमणबीच विद्यालय सञ्चालनबारे दुई धार”

Leave a Comment