सितागञ्ज प्रहरी चौकीमा कार्यरत काशिन्दर यादव घुससहित पक्राउ: मोरङ्ग : कैलाश माझी

Loading

पिपुल्स न्युज सप्तरी/कैलाश माझी २६ गते बिहिवार जिल्ला मोरङ बिराटनगर अवस्थित नोबेल मेडिकल कलेज अगाडी बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले सेवाग्राहीसँग ४० हजार घुस लिदै गरेको अवस्थामा सुनसरीको सितागञ्ज प्रहरी चौकीमा कार्यरत काशिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेका छ्न । वैदेशिक रोजगारीको ठगि मुद्दामा संलग्न भएका आरोपीहरुको मुद्दा मिलाइदिने जस्ता प्रलोभन दिएर रकम लिइएको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले जानकारी गराएका छ्न । भने सो घटनाको थप जानकारीका लागि अनुसन्धानको प्रक्रिया भने अगाडि बढाइएका छ्न ।

Leave a Comment