नेपालको वायु प्रदूषण स्वास्थ्यमा खतरनाक असर

Loading

People’s News : वायुको गुणस्तर खतरनाक तहमा पुग्नु भनेको सामान्य मानिसहरूको स्वास्थ्यमा समेत तत्काल देखिने असर पर्नु रहेको चिकित्सकहरू बताउँछन् । सामाजिक सञ्जालमा यसको असर उच्च तहको धूमपान बराबरकै हुने भन्दै चर्चा समेत चलेका छन् । काठमाण्डूको वीर अस्पतालका श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा. अशेष ढुङ्गाना भन्छन्, “त्यसरी सिधै तुलना गर्न नमिल्ला तर धूमपान गर्दा हाम्रो शरीरमा जेजस्तो असर पर्छ यो तहको प्रदूषणले गराउने त्यही हो । त्यसमा दमदेखि मुटुको रोग गराउनेजस्ता पदार्थ छन् । लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा तौल कम हुनेदेखि विभिन्न दीर्घकालीन समस्या देखा पर्ने बताइन्छ । वायुमा हुने सूक्ष्म कण रक्त नलीसम्म पुग्ने भएकाले त्यसले मुटुदेखि स्नायु प्रणालीसम्मका समस्याहरू निम्तिन सक्ने चिकित्सकहरूको चेतावनी छ। 

0 thoughts on “नेपालको वायु प्रदूषण स्वास्थ्यमा खतरनाक असर”

Leave a Comment