नेपालको वायु प्रदूषण नियन्त्रणमा सरकारको भूमिका के देखियो ?

Loading

People’s News : यस पटक नेपालमा लागेको डढेलोको तह कम्तीमा एक दशक यताकै ठूलो रहेको डढेलोविज्ञले बताएका छन् । हिउँदे पाँच महिनाको विवरण केलाउँदा यो वर्ष अहिलेसम्मकै उच्च ७३ जिल्लामा २,७०० भन्दा धेरै डढेलोका घटना देखिएका छन् । “राम्रो घाँस आउने विश्वासका आधारमा धेरैतिर नियन्त्रित रूपमा भन्दै समेत जङ्गलमा आगो लगाउने गरिएको छ। कतिपय ठाउँमा वनहरूले समेत त्यो रणनीति लिएका छन् जसलाई परिवर्तन गर्नु आवश्यक छ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उद्धव रिजाल भन्छन् । यो वर्षले समेत हामीलाई धेरै पाठहरू दिएको छ जसलाई हामीले अर्को वर्ष सुधार गर्न सक्छौँ । नेपालमा मध्य वैशाख डढेलो उच्च बिन्दुका रूपमा हेर्ने गरिन्छ । पछिल्लो समय तथ्याङ्कमा आधारित प्रदूषणको तह थाहा पाउने मूल्याङ्कन प्रणाली तयार पारिएकाले अब तह बढ्दा सरकारले त्यसको असर घटाउन र मानिसहरूलाई जोगाउन आपत्कालीन उपायहरू तयार पार्नुपर्ने जानकारहरू बताउँछन् । 

0 thoughts on “नेपालको वायु प्रदूषण नियन्त्रणमा सरकारको भूमिका के देखियो ?”

Leave a Comment