किन लामो समय तुवाँलो रहिरह्यो ?

Loading

People’s News : यतिखेर अस्थिर वायुमण्डलका बीच चैते हुरी चल्ने समय भए पनि यस पटक त्यसो भएको देखिँदैन। अहिले देखिएको स्थिर वायुमण्डलका कारण मौसमी चक्रमा अन्तरसम्बन्ध हुने वायु र वर्षा दुवै हुन नसकेको मौसमविद्हरू बताउँछन्।  जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, “वायुमण्डलको माथिल्लो तहमा वहने जेटस्ट्रिम वायुको धारा अहिले सक्रिय हुन सकेको छैन । वर्षा गराउनमा योगदान दिने पश्चिमी वायु र त्यसले तयार पार्ने निम्नचापीय क्षेत्र समेत यतिखेर बन्न सकेको छैन।” विभागले कम्तीमा दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना नभएको जनाएको छ। तर पश्चिम नेपालका केही भागमा छिटपुट वर्षा हुनसक्ने जनाएको छ। अहिलेको तुवाँलो हट्नका लागि वातावरणविद्ले यसअघि देखि नै ठूलो वर्षा वा हुरी आवश्यक पर्ने बताउँदै आएका छन्। डढेलो धेरै लाग्नुका कारण भने जाडोमा पर्याप्त पानी नपर्नु रहेको प्राध्यापक ब्यान्जु बताउँछिन्।

0 thoughts on “किन लामो समय तुवाँलो रहिरह्यो ?”

Leave a Comment