![]()
काठमाण्डूमा मङ्गलवार वायु गुणस्तर विश्वमै खराब देखिँदा त्यो न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक पर्ने विज्ञले बताएका छन् । प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३०,००० भन्दा धेरै मापन बिन्दुबाट सङ्कलित विवरणहरू काठमाण्डूको अवस्था खराब देखिएको हो । काठमाण्डूमा वायुको गुणस्तर खतरनाक तहमा अर्थात् ३०० भन्दा उच्च देखिएको छ भने धनगढी, दाङ, पोखरा र हेटौँडाजस्ता सहरमा समेत वायु निकै अस्वस्थ देखिएको छ । नेपालमा वायु प्रदूषण किन बढ्यो र कहिलेसम्म यो अवस्था रहन्छ ?
नेपालको प्रदूषणको कारक के हो ? : विगतका वर्षहरूका तुलनामा फरक यस पटक लामो समयसम्म आकाशमा तुवाँलो देखिनुलाई अधिकारीहरूले देशका दर्जनौँ ठाउँमा लागेका डढेलोलाई जिम्मेवार मानेका छन् । वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिवर्तन नदेखिँदा समस्या झन् जेलिएको मौसमविद्हरू बताउँछन् । त्यसबाहेक सार्वजनिक रूपमा फोहोर बाल्ने, गाडीको सर्भिसिङ्ग नियमित नगर्ने, नढाकीकन निर्माण कार्य गर्ने र नसुधारिएको प्रविधिबाट उद्योगधन्दा चलाउने हाम्रा व्यवहारसँग जोडिएका पुरानै कारणहरू जिम्मेवार छन्,” त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्रमुख प्राध्यापक रेजिना मास्के ब्यान्जु भन्छिन् । हामीकहाँ वायु सफा हुने भनेको असार-साउनको वर्खायाममा मात्र हो। नत्र तह तलमाथि भए पनि अन्य बेला त्यो स्वास्थ्यकर छैन । अध्ययनहरूले नेपालमा मुख्य रूपमा उच्च प्रदूषण देखिने समय शरद याम सकिएर हिउँद् सुरु हुँदा र हिउँद् सकिएर गर्मीयाम सुरु हुँदा रहेको बताइन्छ ।
Visitor Rating: 97%