स.न.पा.को भगनी देखि कमलपुर सम्मको सडक बिस्तार : कैलाश माझि/सप्तरी

Loading

पिपुल्स न्युज सप्तरी/कैलाश माझि : १४ चैत्र शनिबार, सप्तरी, सप्तकोशी नगरपालिका वडा न. १०/११ को मध्यबिन्दुमा पर्ने भगनी चौक देखि वडा न. १० स्थित कमलपुर जाने मुख्य सडक लामो समय पछि बिस्तारको क्रम्मा रहेका छन । सडक डिभिजन कार्यालय लहानबाट बिनियोजित गरेको कुल ४० लाखको बजेटमा सप्तरीको सिमरा स्थित उदय निर्माण सेवालाई टेन्डर पास गरेको थियो भने उक्त कालो पत्रे सडकको कुल लम्बाई ३४०० स्क्वायर मिटर र चौडाइ ६ मिटर रहेको छ । बाटोको सबबेस र बेसको चौडाई ६ मिटर र मोटाइ १५ सेन्टिमिटर रहेको छन भने कालोपत्रे पिचको चौडाइ ५.५० मिटर र मोटाइ भने ३ सेन्टिमिटर रहेको छन । भने उक्त सडकको लोड थाम्ने क्षमता ४० ट्न रहेको छ भने सो सडक १ बर्ष भित्रमा उपकिदा भत्किदा पुनः सोही बजेटमा मर्मत गरिन्छ भनेर बाचा गर्दै उक्त रोडका ठेकेदार निरज श्रेष्ठ र साइट सुपरभाइजर कंचन चौधरीले जानकारी गराएका छन । लामो समय सम्म बाटो नबनेकाले त्यहाँका जन्तालाइ आवत जावत गर्न भने निकै कठिन थियो ।

भने बिगत २ बर्ष अगाडि सोही बाटो ६०० मिटर कालोपत्रे भैसकेको थियो तर काम कम्सल र गुणस्तरहिन भएको कारणले गर्दा भने उक्त बाटो १ बर्ष नबित्दै भत्किएको थियो । जुन कारण भत्किएको बाटोको बजेट भने बालुवामा पनि मिसिए सरह   भयो । राज्यको पैसा यसरी दुरुपयोग भएको हेर्दा त्यहाँका स्थानीयवासीहरु भने निकै चिन्तित भएको थियो । सोही बिषयलाई लिएर पटक पटक त्यहाँका स्थानीय जनताहरुले सम्बन्धित निकाय लगायत त्यहाँका जनप्रतिनिधिहरुलाइ गुनासो पनि गरे तर गुनासोको मुल्यांकन भने सम्बन्धित निकायबाट केही गरेको देखिएन । बरु उल्टै उक्त बाटोको बजेट हाम्रो नगरको नभएको कारण त्यसमा हामी केही गर्न सकदैनौ भनेर त्यहाका जनप्रतिनिधिले भनेका थिए भन्ने जानकारी त्यहाँका स्थानीय युवाहरुले गराएका छ्न । बजेट जहाको भएपनी त्यस्को सहि सदुपयोग हुनु पर्छ, र उक्त अहिले बन्दै गरेको बाटोको विशेष अनुगमन गरि गुणस्तरीय काम गराउन समेत त्यहाँका स्थानीय युवाहरूले सप्तकोशी न. पा. का सम्पुर्ण जनप्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, युवा बर्ग लगायत विशेषगरि वडा न. ९ र १० का सम्पुर्ण जनप्रतिनिधिहरु समेतलाई अनुरोध गरेका छ्न । अहिले भने बन्दै गरेको बाटोको खबरदारी निरन्तर त्यहाका स्थानीय बासी जन्ताले गर्दै आएको छ। भने लामो समय देखि प्रतीक्षा गरेको बाटो अहिले बन्दा त्यहाँका आम जनताहरु निकैनै खुसी भएका छन ।

भिडियोकालागि तलको लिङ्क क्लिक गर्नुहोस्

Leave a Comment