चुरे संरक्षण किन आवश्यक (चुरे रहे पानी, पानी रहे हामी) : रामबाबु सिंह

Loading

 

 

 

पिपुल्स न्युज डटकम :

Rambabu Singh/Siraha

 

नेपालको भू बनोटको हिसावले मुख्य रुपमा चार वटा भौगोलिक क्षेत्र हिमाल, पहाड (महाभारत श्रृंखला) चुरिया र तराई भूभाग पूर्व देखि पश्चिम भई फैलिएर रहेको छ। यीमध्ये चुरे क्षेत्रको भू–बनोट, ढुँगाको कडापनको हिसावले कमलो भएकोले मानवीय तथा भौगा्लिक कारणले पनि पहिरो जाने गर्दछ । प्रायः सवै नदि, खोलाहरु उत्तरवाट दक्षिण तिर बगिरहेको छ । माथिलो तटवाट बग्ने सवै नदिको सतह तराईमा माथि उठी नदिमा पानी अट्ने क्षमता घटी रहेको छ । खास गरेर चुरे र तराईवाट निस्कने खहरे खोलाहरु जसमा हिउदमा पानी हुदैन तर वर्षा याममा वाढी आउछ । बाढी भनेको नदिको क्षमता ९ ऋबचचथष्लन अबउबअष्तथ०भन्दा वढी पानी आयो भने बाढीको रुप लिने गर्दछ । वाढीको मात्रा नदिमा अट्न नसकेको पानी नै बाढीको रुपमा नदि वाहिर कटान, डुवान र पटानको रुपमा भावर देखि तराई सम्म नाकारात्मक असर पारि रहेका छन् । अहिले सम्मको तथयांक अनुसार तराई मधेशमा पानीको सतह घट्दै गएको देखिन्छ भने नदिको सतह माथी उठी रहेकोछ । तराई मधेशलाई मरुभूमीकरणवाट बचाउनचुरेमा वन, भू र जल संरक्षण गरि तल्लो तटिय क्षेत्रमा बाढी नियन्त्रण गर्न सकिन्छ । यसकोलागि उपयुक्त प्रविधि, दक्ष जन शक्ति, आवश्यक वजेट र वहुसरोकारवालाको सहभागिता चाहिन्छ । चुरे क्षेत्र प्राकृतिक साधन श्रोतको धनी पनि हो जसको दिगो व्यवस्थापन गरि अर्थ तन्त्रमा टेवा दिनुको साथै रोजगारी पनि सृजना गर्न सकिन्छ ।

तालिका १ः चुरे क्षेत्रका भू–खण्ड र जनसंख्या बिबरण
भू–खण्ड               क्षेत्रफल  (हे)                  प्रतिशत
चुरे पर्वत                 १३,४८,९५५                 ३४.४
साँघुरा खोँच              ८८,०७७                     २.२
भित्रि मधेश वा दून      ३,३०,८६८                ८.४
भावर                         ५,८४,५८१              १४.९
तराई                          १५,७१,०७५             ४०
जम्मा                         ३९,२३,५५७            १००

३. तराई मधेश क्षेत्रमा बाढी किन र कहाँवाट आउँछ  ?

हाम्रो देशको परिपेक्षमा एकै भौगोलिक अवस्था रहेको चुरे क्षेत्र छैन । दक्षिण तर्फ रहेको चुरेकोे भौगर्भिक अवस्था र भौगोलिक विशेषताको आधारमा पाँच भू–खण्डहरु तालिका १ अनुसार भुभाग ढाकिएको छ । यी सवै भु खण्ड कुनै न कुनै रुपमा प्राकृतिक तथा मानव सृजित कारणवाट प्रभावित हुन्छ । हिमाल, पहाड, चुरे र तराई वाट निस्कने नदिको आफ्नै जलाधार क्षेत्र छ जहाँवाट पानी तल्लो क्षेत्रमा बग्दछ । तराई मधेशको माथिलो तट चुरे हो जसको भौगर्भिक अवस्था सम्वेदनशिल भएकोले प्राकृतिक तथा मानव सृजित कारणले यस क्षेत्रमा अत्यधिक भू क्षय हुन्छ । बत्र्तमान अवस्थामा प्रत्येक नदिको प्राकृतिक बहावमा परिवर्तन आएको छ । यसको मुख्य कारण नदिमा बालुवा, ग्रेभेल थुप्रेर नदिको सतह माथि उठिरहेको र नदि तालिमको रुपमा पुर्ण र उचित प्रवद्धिको पनि प्रयोग न भएकोले पानी वग्नेवाटो (वहाव क्षेत्र) परिवर्तनको साथै घटी रहेको छ । तराई मधेशमा बाढीको मुख्य कारण ः
१.चुरेमा वन जंगलको विनास र भू आवरणको कमी 
२. वर्षाको पानीको कम शोषण र वहावमा तिव्रता 
३. भिरालो जग्गामा खेती
४. अवैज्ञानिक भू उपयोग
५.विकाशको नाममा जथाभावी सडक र वाटो निर्माण गर्न डोजर आतंक ।

गत एक दशक देखि माथिलो तटमा सडक विकासको गतिविधि वढेकोले तल्लो क्षेत्रको नदि नालामा बालुवा थुप्रिने गति वढेको देखिन्छ । जस्तो किसप्तकोशि र सप्तरीे खाँडो नदिको सतह पुरिने वार्षिक दर क्रमश औषतमा ३० से.मी र २६ से. मी. प्रति वर्ष रहेको छ । यो दर यस्तै रह्यो भने के होला ?तराईको प्रायः जसो खोलाको वीचमा नदिजन्य पदार्थ थुप्रिएर टापु जस्तो वनेको छ । नदि खोलाको सतह पुरिन गई नदिमा पहिला जतिको पानी अट्न न सकेर वाढीको रुपमा नदिको किनारा कटान गर्ने गर्दछ । नेपालको सिमाना नजिक भारतले बनाएको बाँधले नेपालको भुमी केहि ठाँउमा डुवान भएको छ तर सवै ठाउँमा होईन, जस्तो कि २०७३ श्रावणको बाढीले महुली, खाँडो, बलान,कमला रातु तथा लालवकिया आदिमा बाँधको कारणले डुवान तथा वाढी आएको होइन । माथिलो तटमा वढी वर्षा र वर्षाको पानी कम शोषन र अडिने ठाउँ नभएर वाढी आएको हो । देशमा धेरै जसो हाम्रो आफ्नै आन्त्रिक कारणले बाढी तथा डुवान भएको हो ।

४. चुरे विनासका कारणः
वन विनाश तथा क्षयीकरणका कारणहरु
– चुरे क्षेत्रमा बढ्दो वन अतिक्रमण तथा अव्यबस्थित बसोबासले वन क्षेत्रको विनास
– देशमा वन पैदावार आपुर्तिको व्यवस्था वैध, सहज र सुलभ न हुनुले
– देशमा वन व्यवस्थापनको अभावले तराईमा बढदो शहरीकरणको लागि काठका तथा होटल व्यवसायीको लागि चाहिने दाउराको परिपुर्ति न हुनाले काठ, दाउरा आपुर्तिको लागि चुरे     क्षेत्रमा चाप परेकोले ।
– वन व्यवस्थापनको अभावमा तराईको सामुदायिक वन समुहको पनि आवश्यकता पुरा गर्न चुरे क्षेत्रकै वनमा आश्रित हुनाले ।
– च्ुारेमा संरक्षण विपरित भौतिक पुर्वाधार तथा विकास निर्माण संचालन
– विभिन्न कारण तथा उद्धेश्यले वन डढेलो (आगा)े लगाउनाले
–  चुरे क्षेत्रमा खुला चरिचरन
– अनियमित र अत्यधिक रुपमा ढुंगा, गिट्टी र बालुवा संकलन

सप्तरी, ठेलिया गा.वि.स.मा विभिन्न समयमा चुरे कसरी विनास भयो ?यसरी पहाड नाङ्गो भएमा माटो वगेर कहाँ जान्छ ? यी क्षेत्रवाट माटो, बालुवा वगेर तलको खोला, नदी मै जाने हो जसले गर्दा नदिको सतह पुरिन गएको हो । यस्तो चुरेक्षेत्रलाई कसरी पुनः २००२ को अवस्थामा ल्याउने ?

५.बाढी र पहिरोको नकारात्मक असरः
माथिलो तटमा वन अतिक्रमण र वन श्रोतको क्षयिकरण, अनियन्त्रित चरिचरन, अवैज्ञानिक भू–उपयोग जस्ता कारणहरुले यस क्षेत्रको समग्र पारिस्थितिकिय प्रणालीमा नकारात्मक प्रभाव बढदै जाँदा वर्षेनी वाढीले तराई मधेशलाई मरुभूमिकरण हुने तर्फ धकेली रहेको छ । चुरेवाट निस्कने नदिको सतह माथि उठ्न गई कति पय गाउँ नदिको सतह भन्दा तल भई सकेको छ । चुरेवाट निस्कने नदीहरुमा ढुंगा, गिट्टी, बालुवा आदि थुप्रेर नदीको धार परिवर्तनको साथै नदीहरुको चौडाईमा वर्षेनी वृद्धि भई रहेको छ जस्तैः जलाद नदि (धनुषा) ७ देखि १८ मीटर, रातु (महोत्तरी, धनुषा) १० मिटर, पसाहा (बारा) २० देखि ३० मीटरका दरले नदिको चौडाई वढेको देखिन्छ । नदी–खोलाको बहाव परिवर्तनले गर्दा नदि किनाराको कृषि योग्य भूमिलाई प्रति वर्ष कटान गर्दै बगरमा परिणत गरिरहेकोछ । जस्तो कि औषतमा जलाद, धनुषाको २५ हेक्टर, चाँदी (रौतहट) को २७ हेक्टर, लालझाडी, (कंचनपुर) १४ हेक्टर, पसाहा, (बारा) २० हेक्टर, र बलान, (सिराहा, सप्तरी) को २५ हेक्टर आदि । यसै गरि झापाको विरिगं र बक्राहा खोला, पश्चिमको रंगुन, राप्ती आदि खोलाले वर्षेनी धरै नै कृषि भूमी कटान गर्ने गर्दछ ।तराईमा यतिजग्गा वार्षिक रुपमा क्षति हुँदा यसवाट कति आर्थिक घाटा हुन्छ ?यस वर्षकोबाढीले यति धेरै कृषि भुमी कटान, पुर्वाधार संरचनाहरु सडक, पुल, नहर आदि क्षतिको यकिन आँकडा आउनै बाँकी छ ।

६. चरे संरक्षण तथा बाढी नियन्त्रणको दिर्घकालिन उपाय : राष्ट्रपति चुरे संरक्षण कार्यक्रम त २०६७÷०६८ देखि नै स्तानिय निकाय मार्फत कार्य संचालन भएको थियो । स्थानिय निकायको काम गर्ने पुरानै परिपाटी अनुरुप चुरे संरक्षण तथा नदि नियन्त्रणमा खासै परिवर्तन नहुने देखिएकोले राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको गठन भएको हो । तर स्थानिय निकायहरुको काम गर्ने परिपाटीमा खासै सुधार भएको देखिदैन घुमीफिरी रुम्जाटार भए जस्तै देखिन्छ । कहि समिति गठन आदेशको मर्म अनुसार आवश्यक दक्ष जनशक्ति समिति र कर्मचारीमा भएन कि ? गठन आदेशमा अधिकार सम्पन्न कार्यकारिणी समितिको परिकल्पना गरेको छ जसले गर्दा गर्न चाहेको कार्य समयमै गर्न सकियोस । समिति गठनको उद्धेश्य तथा कार्यक्रम संचालन गर्न समिति अन्तरगत विभिन्न शाखाहरुको व्यवस्था गरिएको छ । समितिको गठन आदेशमा सरकारले प्रत्येक शाखाको लागि चाहिने आवश्यक जनशक्तिको व्यवस्था गर्ने प्रावधान छ जसमा प्रत्येक सदस्यले दक्षताको आधारमा कम्तिमा एउटा विषयगत शाखा र एउटा भोगोलिक क्षेत्र हेर्ने गरि जिम्मेवारी तोकिएको छ । जस्तो कि चुरे तराई–मधेश संरक्षण वारे अनुसन्धान र प्रविधि विकास शाखाको मुख्य काम अनुसन्धान र प्रविधि विकास रहेको छ, ।उद्धेश्य अनुरुपको जनशक्ति जुटाउन तथा परिचालन गर्न नसकेर समिति गठन आदेश बमोजिम चलेको सूचक देखिदैन । च्ुारेको समस्यालाई समग्रमा समन्वय गर्ने एक मात्र संस्थाको रुपमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति हो जसको प्रमुख काम नै चुरे तराई मधेश संरक्षण र विकास गर्नेे हो ।तसर्थ चुरेको गुरु योजना सरकारवाट स्वीकृत भई सकेको अवस्थामा चुरे संरक्षणको प्राथमिकता अनुसार योजना तर्जुमा र अनुसन्धान तथा प्रविधि विकासमा जोड दिनु पर्दछ । तराई मधेशको माथी रहेको चुरेको अवस्थालाई विचार गरि तराई मधेशमा बाढी न्युन गर्न एकिकृत योजना (वन, भ संरक्षण र जल संचय) बनाएर त्मोडेल (नदि प्रणाली) मा यि कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।

चुरे संरक्षणकोलागि चुरे क्षेत्रमा गर्नु पर्ने कार्यः
 माथिलो तटको जलाधार क्षेत्रमा विभिन्न किसिमको वन र सार्वजनिक जग्गाको एकिकृत योजना वनाई कार्यान्वयन गर्ने ।
 चुरे क्षेत्रमा अधिकाँश सामुदायिक वन नै रहेकोले भू संवेदनशिलताको आधारमा सामुदायिक वनको पनि एकिकृत कार्य योजना वनाई कार्यान्वयन गर्नु पर्दछ ।
 चुरेमा खेती गर्न गह्रा सुधार र भिरालो क्षेत्रमा वर्षेनी खन जोत गर्नृ नपर्ने वहुवर्षे बाली लगाउने ।
 चुरेको खोला खोल्सी र पाखामा बृहत अम्रिसो र बाँस रोपण ।
 गल्छी नियन्त्रणकोलागि खोल्सीमा चेकड्याम तथा नदि कटान रोक्नको लागि उपयुक्त भौतिक संरचना निर्माण ।
 चुरेको फेद तथा यगत भितमा जलाशय निर्माण गर्ने, जस्तो कि सप्तरी र सिरहा जिल्लाको चुरेवाट निस्कने खोलामा करिव ३० वर्ष अगाडी जलाशय निर्माण भई सिचाई भई रहेको           थियो तर अहिले पुरिएको छ ।
 माथिलो तटमा भौतिक पुर्वाधार वाटो, निर्माणको नाममा डोजर आतङ्क कम गर्नु पर्दछ । यसका लागि चुरे समितिले वनाएको मापदण्ड कडाईका साथ लागु गर्नु पर्दछ ।

तराई मधेशमा नदि संरक्षण तथा वाढी नियन्त्रण : 
 अहिले सम्मको चलन अनुसार वालुवाको बाँध ९भ्mदबलफभलत० डोजर ईन्जीनियरले वनाएर हुदैन । तटवन्ध बनाएकै वर्ष बगाएर लानुमा प्राविधिक तृटिको प्रश्न उठ्छ त्यसर्थ             तटवन्धको प्रविधि र गुणस्तरमा सुधारको साथैम्ँी ९म्भकष्नल ँयियम ीभखभ०ि को अवधारणा अनुसार संरचना निर्माण गर्नु पर्दछ ।
 तल्लो तटिय क्षेत्रमा बाढी, र नदी कटान नियन्त्रण गर्न भ्mदबलफभलत मात्र नबनाई नदीको वहाव सहज हुने गरि वीचमाअजबललभष्लिन गरि च्ययm ायच चष्खभच को व्यवस्था       गर्ने ।
 नदीको दुवै किनारामा माथिलो तट देखि तल्लो तटिय क्षेत्र सम्म दिर्घकालिन रुपमा नदी कटान नियन्त्रण गर्न चाहिने ठाउँमा कतचगअतगचभ को साथै माथि देखि तल सम्म वाँधको         दुवैतिर हरित क्षेत्र कायम हुने गरि काँस, बेत, बाँस र रुख योजना अनुसार लगाउने र संरक्षणको व्यवस्था गर्ने ।
 जि.वि.स.ले खोला नै ठेक्का लगाउनु हुदैन रचुरे क्षेत्रमा ढुंगा, गिट्टी उत्खन्न गर्नु हुदैन तर नदीमा थुप्रेका ढुंगा, गिट्टि, बालुवा संकलन क्ष्भ्भ् बमोजिम योजनावद्ध किसिमले संकलन गर्न         सकिन्छ र संकलन गर्दा नदीको चौढाईको एक चौथाई भाग नदी किनारवाट छोडी बीचवाट मात्र संकलन गर्ने ।
 चुरेवाट निस्कने खोलावाट नदि जन्य पदार्थको गुणस्तर जाँचेर चुरेको फेद तथा भावर क्षेत्रवाट उपयुक्त ग्रेभल र बालुवा संकलन गर्न निश्चित क्षेत्रमा संरचना सहित संकलन केन्द्र               बनाउनु पर्दछ र सोको अनुगमन गर्नु पर्दछ ।
 विभिन्न मन्त्रालयको सहयोगमा तयार र समितिवाट स्वीकृत “चुरे क्षेत्रमा विकास निर्माणका लागि वातावरणीय संरक्षणका मापदण्डहरु – २०७२” लागु गर्ने ।
 विभिन्न स्तरवाट कार्यक्रमहरुको नियमित अनुगमन तथा मूल्यांकन गर्ने र सुशासन कायम हुने परिपाटीको विकास गरि प्र्रभावकारिता बढाउने ।
 चुरे र यसको प्रभाव क्षेत्रमा देखिएका समस्या समाधान गर्न कार्यमूलक अनुसन्धान गरि प्रविधि विकास गर्ने ।

चुरे संरक्षणको अर्को मुख्य पाटो नियमनकार्ताहरुलाई नदि प्रणाली, संरक्षण विज्ञानको ज्ञान तथा प्रभावकारी अनुगमनको कमी हो । समितिमापद पुर्ति हुदैमा संरक्षण तथा व्यवस्थापन हुन्छ भने होईन दुरदृष्टी र प्रतिवद्धता चाहिन्छ । संरक्षण तथा व्यवस्थापन कार्यक्रम योजना वद्ध हुनु पर्दछ ।समृद्धि भाषण र नारालेहुदैन । वर्षौं देखि चुरे संरक्षण तथा बाढी नियन्त्रणको काम पनि भई रहेको छ तर के भयो ? चुरे संरक्षणको नारा मात्र दिएर ब्अतष्यल धष्तजयगत खष्कष्यल ष्क तष्mभ उबकक जस्तै हुन्छ । अनि चुरे, तराई मधेशको संरक्षण र विकास कसरी हुन्छ ? हाल सालै चुरेको गुरु योजना स्वीकृत भएको छ तर यसको कार्यान्वयन कसरी भई रहेको छ ? विगतमा २५ वर्षे वन विकास गुरु योजना पनि बनेको थियो तर गरु योजनाको अवधिमा कति हेक्टर वैज्ञानिक वन व्यवस्थापन भए ? कहिं चुरे गुरु योजनाको हाल पनि त्यस्तै हुने त होईन ? सवै सचेत होऔं र कार्यान्वयनमा जुटौं ।

Leave a Comment