सप्तकोशी न. पा. 4 द्वारा अपाङ्गता व्यक्तिलाई सम्मान : नबिन ढकाल

Loading

नबिन कुमार ढकाल/ सप्तरी

फाल्गुन २८ जिल्लाकाे सप्तकोसी नगरपालिका अन्तरगत वडा न ४ का अपाङ्ग ब्यक्ति हरुलाइ शुक्रबार घर दैलाे कार्यक्रम गरि सम्मान गरिएकाेछ। नगरपालिका काे आर्थिक बर्ष ०७७/०७८ नगर सभाबाट स्विकृत कार्यक्रम अन्तरगत यस वडा काे प्रबर्धनात्म कार्यक्रम मध्य अपाङ्ग सम्मान घरदैलाे कार्यक्रम घर दैलाे मै पुगेर सहभागिहरुलाइ सम्मान गरिएकाे सप्तकाेशि नगरपालिका वडा ४ का वडा अध्यक्ष बद्री नारायण चाैधरिले बताउनु भयाे ।

सप्तकाेशि नगरपालिका वडा कार्यालय ४ काे सहयाेग तथा श्री फत्तेपुर बहुउद्देश्यीय सहकारी संथा लि. काे आयोजना रहेकाे साे कार्यक्रममा लक्षित वर्गलाई घर दैलाेमै पुगेर, प्रोटिन, क्याल्सियम, च्यावनप्राश् ,पेयपदार्थ जुस नास्ता, लगायतका वस्तु साथै दोसल्ला ओढाएर सम्मान गरिएकाे छ ।

 वडा भरिका 20 पुरुस 14 महिलागरि 34 जना अपाङ्गता भएका हरुलाइ सम्मान गरिएकाे आयोजक संस्थाका सन्चालक समितिकाे सदस्य तथा यस सम्मान कार्यक्रम कि संयोजक दुर्गा देवि ढुंगेलले बताउनु भयाे।

 साे सम्मना कार्यक्रममा आयोजक संस्थाका सन्चालक तथा लेखा समितिका प्रतिनिधि, वडा कार्यलयका जन प्रतिनिधि, स्थानिय समाजसेवि बुद्धिजीवी सहित सन्चारकर्मिकाे उपस्थिति रहेकाे थियाे।

Leave a Comment