सिराहा : संन्त सिरोमणि रबिदास को ६४४ औं जन्म जयन्ती समारोह सम्पन्न : महेश सिंह

Loading

पिपुल्स न्युज डटकम : महेश सिंह सिरहा लहान २७ फल्गुण – सिरहाको लहानमा संन्त सिरोमणि रबिदास को ६४४ औं जन्म जयन्ती समारोह सिरहाको लहानमा सम्पन्न भएको छ । लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालय को प्राङ्गण बाट हजारौं को संख्यामा रयालि निकालिएको हो ।

जय गुरुदेब धनगरु देब अध्यात्मिक नारा संगै सम्पुर्ण चमार जाती एक हौं संगठित हौं , संघर्ष गरौं मुल नाराको साथ लहान नरपालिकामा परिक्रमा गरेका वरिष्ठ समाज सेबि तथा बुद्धि जिबी नैनि राम ले जानकारी दिनु भयो । पुर्वज को पहिचान र आफनो घरको वृद्धि बिकास गर्ने उदेश्य संगै आफनो वंसज र कुल लाई लिएर अगाडि बढन सम्पुर्ण चमार जातिलाई आग्रह गरेका थिए ।

संन्त सिरोमणि सत् गुरु रबिदास जी को जन्म १४३३ मा भारतको बनारस भने श्रीर सरोवर धनपुरमा बुवा संतोष दास र आमा कल्सा देबि दास को कोख बाट रबिदास जि को जन्म भएको थियोे । सिरोमनि नेपाल भारत लगायत का देशहरुमा अपहेलित रहेको जातिहरुलाई जाति उत्थानको अभियानमा लागेको थियो । रबिदास चमार जातिको थियोे । उनलाई चमार कुलमा जन्म भएको थियो । १५१ बर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

लहान नगर परिक्रमा गरी पशुपति आदर्श उच्च माध्यमिक बिद्यालयको सभा हलमा कोण सभामा परिनत गरेका थिए ।जिल्ला अध्यक्ष रामचन्द्र राम अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा पंडित बेचु दास रहनु भएको नैनि राम ले जानकारी दिनु भयो ।

Leave a Comment