पिएम ओलीको खर्च : कैलाश माझी, सप्तरी

Loading

People’s News : प्रम ओलीलाई पाल्दाको खर्च-  : गत वर्ष प्रम ओलीको तेह्रथुमको जन्मोत्सव मनाएको खर्चको लागत अनुमान : १. उपस्थित ६ हजार जनालाई भोज (भेज+ननभेज), झापादेखि क्याटरिङ- रू ६५०/- प्रति प्लेटका दरले ६००० जनाको= रू ३९,००,०००/- . २००० थान डायरी र पेन वितरण औसत रू ५००/ प्रति सेट = रू १०,००,०००/- ३. करिब १००० थान टोपी र ज्याकेट, औसत रू १५००/- प्रति सेट = रू १५,००, ०००/- ४. ४ वटा हेलिकप्टर खर्च (@कम्तिमा रू २ लाख)=रू ८ लाख । ५. २००० थान साडी र पछ्यौरी@३०००/-= रू ६०,००,०००/- ६. अन्य सरकारी खर्च रू १० लाख। कूल खर्च= रू १ करोड ४२ लाख न्युनतम्, सालाखाला करिब रू १.५ करोड । प्रम ओलीले हालसम्म राज्यकोषबाट रू २३ करोड उपचार खर्च लिईसकेका छन् । प्रम ओलीले ०५४ देखि ०७२ सम्म सरकारबाट लिएको औषधोपचार रकम  – २०५४ असार  १५  गते  २० लाख  २५  हजार  – २०५९ माघ  २७  गते  १३  लाख  ५८ हजार  ५ सय  – २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय। – २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार। – २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार। – २०७१ चैत ५ गते ३७ लाख ७३ हजार। – २०७२ कार्तिक  ९  गते  २  करोड  १२  लाख  ३  सय । २०७२  फागुन  ३  गते  ४  करोड  ९८ लाख  १३  हजार  २  रुपैयाँ । यसरी  ०७२  फागुनसम्ममा अर्थात  १८ वर्षमा जम्मा रू १७ करोड  ६७  लाख सरकारी कोषबाट लिएको सार्वजनिक भएको छ ।  त्यसपछि बिगत  ५ वर्षमा थप के कति रकम सरकारबाट औषधोपचारमा लिएका छन् त्यो सार्वजनिक हुन बॉकी नै छ । यसरी प्रम ओलीले वर्षको औषत रू १ करोड उपचार खर्च राज्यकोषबाट लिईरहेको देखिन्छ ।  यसरी विगत ५ वर्षमा रू ५ करोड उपचार खर्च लिएको अनुमान गर्न सकिन्छ।  (कैलाश माझीद्वारा : पहिलो नेपाली खबर डट कम’बाट साभार)
Seen by Kailash

Leave a Comment