![]()

पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट : सप्तरीमा अब देखि राति १० बजे देखि सम्पुर्ण स्थानीय तह लगायत सप्तरी जिल्लाका हरेक ठाउमा ठुलो साउण्ड लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने निर्णय मिति २०७७-११-११ गते मंगलवार जिल्ला समन्वय समितिमा सप्तरी जिल्लाका सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा आयोजना गरिएको बैठकबाट सो निर्णय पारित गरिएको हो । समितिका प्रमुख प्रभाकर यादव ज्युको अध्यक्षतामा आयोजित गरिएको बैठकबाट लाउडस्पिकर र डिजे साउण्डले अत्याधिक ध्वनी प्रदुषण भइरहेको कारणले गर्दा प्रदुषण नियन्त्रण गर्न सो निर्णय गरिएको थियो । निर्णय गरे सँगै रातिको १० बजे देखि बिहानको ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन नपाउने निर्णय सो बैठक बाट गरिएको छ । रातिको १० बजे देखि बिहानको ५ बजे सम्म ठुलो आवाजमा लाउड स्पिकर र डिजे बजाउन यथासिग्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिका प्रमुख यादवले भने अन्य समयमा पनि नियन्त्रित रुपमा मात्रै लाउड स्पिकर र डिजे बजाउन पाउनेछ्न ।उक्त बैठक बाट पारित गरेको निर्णय नमान्नेहरुलाई नेपालको नियम कानून बमोजिम कारवाही गर्ने र गराउने समेत निर्णय भएको छ ।
उनले भने कुनै सांस्कृतिक रुपमा कुनैपनि कार्यक्रम सञ्चालन गर्दा त्यहाका स्थानीय तहको स्वीकृति लिनुपर्ने हुन्छ। सो बारे सप्तरी जिल्लाका सम्पुर्ण स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने निर्णय बैठक बाट भएको छ । र संग संगै सप्तरी जिल्लाका हरेक ठाँउमा बढ्दो दुर्घटना नियन्त्रण गर्न पनि महत्वपूर्ण निर्णय भएको प्रमुख यादवले जानकारी गराएको छ । ‘बाटो–घाटो र सडकमा थुपारिएर राखिएका निर्माण सामग्री बालुवा, गिट्टी, माटो आदि सामानगरु लगायत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको यत्रतत्र पार्किङ्ग तथा थुपार्ने गरेको जसको कारणले सवारी दुर्घटना अत्यधिक मात्रामा भैरहेको मानिसको ज्यान पनि दिनानुदिन गइरहेको हुदा सो कर्य व्यवस्थित गर्न सम्बन्धि सबै स्थानीय तहले आवश्यक पहल गर्ने र सोको जानकारी सबै स्थानीय प्रशासनलाई दिने र उपरोक्त बमोजिमका कुनै पनि ब्याक्ती, संघ सस्थाले अवहेलना गरेमा कानुनी कार्वाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउँने निर्णय समेत उक्त बैठक बाट भएको जानकारी प्रमुख यादवले गराएका छन । साथसाथै उक्त समितिका प्रमुख प्रभाकर यादव ज्युले भने ‘बढ्दो सवारी साधन दुर्घटनालाई बिशेश नियन्त्रण गर्नका लागि यो कदम चालिएको छ। यसले गर्दा केही हदसम्म भोलिका दिनमा अवश्य पनि दुर्घटना न्यूनिकरण हुन्छ भन्ने विश्वास पनि प्रमुख यादवले व्यक्त गर्नुभएका छन ।

