![]()

Peoples News Media : नेत्रबहादुर भुजेल “बिबश” लाकुरीडाडा –२ दोलखा : पशुपतिनाथमा सुनको जलहरी राख्ने बहानामा करोडौं रुपैयाँ भ्रष्टाचार गर्दै पशुपती बिकास कोषका पदाधिकारी लगायत ब्यापारीहरु बिश्वमा हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका जगतको धनि पृथ्वीको मणिू भनेर चिनिएको एकमात्र पशुपतिनाथ मन्दिर अहिले नेपालमा पश्चिमी धर्म संस्कृतीको प्रभाव परेसङ्गै यसलाई मास्न अहिले हिन्दुका परिचय मात्र बोकेका धर्मगुरुहरु लगायत यसका संरक्षकका रुपमा रहेका पशुपति बिकास कोषका पदाधिकारीहरु लगायत व्यापारी समेत लागि परिरहेका छन । अहिले भैइरहेको शिबलिङ्गको तलको भागमा रहेको पिठिकालाई सुनले मोड्नु पर्ने आबश्यकता देखिदैन । यो त एउटा भ्रष्टाचार गर्ने बहाना मात्र हो । गुहेश्वरी मन्दिर देखि पशुपति क्षेत्र सम्म रहेका पुराना सभ्यता बोकेका मठमन्दिर लथालिङ्ग, भताभुङ्ग र जताततै फोहोर नै फोहोर दुर्गन्धित देख्न सकिन्छ त्यसलाई स्वच्छ र हराभरा कसले बनाउँछ त्यस तर्फ ध्यान कसैको गएन र जादैन पनि किनकी त्यसमा करोडौं भ्रष्टाचार गर्न पाईने शिर्षक देखाउन मिल्दैन । भारतले दिएको अनुदानमा बनेको पशुपति धर्मशाला तिनतारे होटलमा परिणत गरे त्यसमा पनि २/४ करोड भ्रष्टाचार भएको देखिन्छ । त्यति मात्र होईन अव्यवस्थित रुपमा रहेको गौशालालाई ब्यबस्थित बनाउँन सकिरहेको छैन ।
जताततै ढल फुटेर अस्तब्यस्थ भैइरहेको छ ब्यबस्था गर्न सकिरहेको छैन । आर्यघाटमा एउटा पानीको पम्प राख्न सकेको छैन लास जलाईसकेपछी बाल्टिनले पानी बोकेर सफा गर्नु पर्ने अबस्था छ पशुपतिनाथको शिव लिङ्ग हुँदै जोडिएको ब्रमानाल सङ्गै बगिरहेकी बागमतीको हालत कहिल्यै हेर्नू भएको छ कति दुर्गन्धित छ कहिल्यै सफा गरेको देख्नु भएको छ । एउटा बफादार पधाधिकारीको काम र कर्तव्य के हो रुत्यो पनि अब भक्तजनले बताईदिनु पर्ने होर रुधर्म सस्कृतीको कुनै ज्ञान छैन भने धर्मको खेलवाड किन गर्ने रुएउटा कुकुरले पनि आफ्नो बफादार भएर इमानदारिता निभाईरहेको हुन्छ भने अब के यी नालायकहरु कुकुर भन्दा पनि तलका भएका हुन त ? पशुपति बिकास कोषले अहिलेसम्म गरेका कार्य हेर्ने हो भने जहाँ आम्दानी हुन्छ त्यहा ठेक्का दिने काम मात्र गरेको देखिन्छ ।
कसैलाई बिश्वास लाग्दैन कसैले बिरोध सम्झिन्छ भने प्रत्यक्ष रुपमा आँखा अगाडी छर्लङ्ग देख्न सक्नु हुन्छ त्यसैले तुरुन्त सफा सुन्दर बनाएर बिश्व सम्पदा सुचिमा रहेको आराध्यदेब पशुपतिनाथको पहिचान जोगाउनु हामी सबैको दायित्व कर्तव्य हुन आउने भएको हुदा सबैजना एक जुट भएर लागि परौ । कसैले जबर्जस्ती गलत क्रियाकलाप गर्छ पशुपतिनाथको संरचना बिगार्ने काम गर्छ भने मेरो कोटिकोटी प्राथना हे पशुपतिनाथ त्यस दुशकर्मको पर्तिफल जो बाट गर्ने र गराईएको छ ती गर्ने र गराउने ब्यक्तिका सातौ पुस्ताको बिचल्ली र रुवाबासी चलिरहोस तिनका घरमा सधै अनर्थ भैइरहोस हामी सम्पुर्ण भक्तले यस्ता सु–समाचार छिटोभन्दा छिटो सुन्न पाईयोस ।
जय गुरु गोरखनाथ (बिचार :नेत्रबहादुर भुजेल “बिबश”) 
