अयोग्य व्यक्ति जान्छ प्रहरीमा । प्रहरी पेशाप्रती युवाको आकर्षण शून्य बराबर हुँदै ।

Loading

अयोग्य व्यक्ति जान्छ प्रहरीमा । प्रहरी पेशाप्रती युवाको आकर्षण शून्य बराबर हुँदै ।

नेपाल प्रहरीमा जवानदेखि निरीक्षकसम्म भर्नाको समयमा  एकै प्रश्न सोधिन्छ– ‘तपाईंले प्रहरी पेसा नै किन रोज्नुभयो ?’ केहीले देशको शान्ति–सुरक्षा गर्न पाउनु गौरवको विषय भएको जवाफ दिन्छन्। केहीले इज्जत र प्रतिष्ठासँग जोड्छन् त केहीले संयुक्त राष्ट्रसंघीय मिसनसँग जोडेर आर्थिक समस्या टार्ने कुरा उठाउँछन्।

विशेषगरी नेपाल प्रहरी जनशक्ति शान्ति–सुरक्षामा खटिएकै छन्। मिसनमा गएकै छन्। तर, सरकारले बेलाबेला खुलाइरहेको भर्ना प्रक्रियामा आवेदन संख्या हेर्दा आकर्षण भने घट्दो देखिन्छ। प्रहरी प्रधान कार्यालयले २०७४ देखि २०७६ सम्म जवानका लागि तीन पटक भर्ना खुलायो। २०७४ साउन ३१ गते ७ सय ६७ जना जवान माग गरिएकामा ४४ हजार ३ सय ५५ जनाको आवेदन पर्यो। २०७५ असोज १५ मा ६ हजार २ सय ४४ जना माग गरिएकामा ४१ हजार ८ सय ७१ जनाले आवेदन दिए।

 

तुलनात्मक रूपमा धेरै पदमा भर्ना खोल्दा आवेदन उत्तिकै बढ्नुपर्ने प्रहरी मुख्यालयको बुझाइ रहे पनि त्यसअनुरूप हुन सकेन। जवानकै लागि २०७६ भदौ ६ गते ३ हजार ५ सय ९६ जनाको भर्ना खुलाइएको थियो। तर, ३९ हजार ७ सय ३४ जनाले मात्रै आवेदन दिए।

Leave a Comment