घुमिफिरी मै अध्यक्ष हुन्छु, अरुको चान्स छैन

Loading

Peoples News : काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुबै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयपछि नेकपाका दुवै पक्षले आ-आफ्नो अनुकूलतमा व्याख्या गदैँ हिडिरहेका छन् । प्रचण्ड(माधव पक्षले पनि आफूहरूको पक्षमा निर्णय भएको व्याख्या गर्दै हिडेको छ भने, यता ओली पक्षले पनि आफूहरूको जित भइरहेको बताउदैँ आएको छ । सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । उनले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमानेपनि केही फरक नपर्ने बताए ।ठट्यौली शैलीमा प्रस्तुत भएका उनले आयोगले आफूलाई अध्यक्ष नमानेको भए पनि जित आफ्नै भएको दाबी गरे ।‘निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं,’ नेपालले भने, ‘त्यो ४५ लाई आधार मान्छौं ।

दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । (हाँस्दै) माधव नेपाललाई मान्दिन पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो । ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको भन्दै उनले अघि भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’ दुई अध्यक्ष हुने व्यवस्था पार्टीमा रहेको भन्दै नेपालले घुमिफिरी आफू पुनः अध्यक्ष हुने तर्क उनले गरे। ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ (हलमा हाँसो),’ उनको भनाइ थियो, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । आयोगले नेकपाका दुवै समूहले गरेका पछिल्ला गवितिवधिलाई बैधता नदिएको भए पनि उनले केन्द्रीय कमिटीले अध्यक्ष पदबाट ओलीलाई हटाउने निर्णय नै लागू हुने तर्क गरे ।

Leave a Comment