सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनी द्धारा मृत्यु दाबी भुक्तानी : महेश सिंह सिरहा

Loading

Peoples News : महेश सिंह सिरहा लहान २१ पौष – सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ ईन्सेरेन्स कम्पनी लहान ब्रान्चले मृत्यु दाबी भुक्तानी गरेका छन् । सिरहाको औंरही गाउँ पालिका वडा नम्बर ३ पिपरा गाउँका मृतक रामकलि यादवको श्रीमान राम अशिष यादव लाई सन नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेड लहान ब्रान्चले मृतकको श्रीमान लाई ४ लाख १४ हजार रकमको माछापुच्छ्रे बैंकको चेक ब्रान्च प्रबन्धक उपेन्द्र नारायण महतोले हस्तान्तरण गरेका छन् ।

मृतक राम कलि यादव ले २०७६ बैशाख ३१ गते मंगलबार सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीमा १५ बर्षको लागि सन लाईफ साबधिक जिबन बिमा गराएका थिए । बिमा गराएको १६ दिन पछि उनलाई मृत्यु भएको थियोे। यादव की २०७६ जेष्ठ १६ गते छातिको साईडमा अचानक दर्द भई अस्पताल पुर्याउनु भन्दा अगाबै घरमै मृत्यु भएको परिवारजनले जानकारी दिनु भयो । रामकली यादव की ५० बर्ष की उमेरमा मृत्यु भएको सन नेपाल लाईफ इन्सुरेन्स सिरहा शखाको उप शाखा प्रमुख चन्द्र बिर यादवले जानकारी दिनु भयो ।

Leave a Comment