संसद विघटन: पन्चायत फर्काए ओलिले । निर्वाचनको मिति तोकियो ।

Loading

रवीन्द्र ढुङ्गेल : नेपाल सरकारले संघीय  प्रतिनिधिसभा आज विघटन गरेपछि त्यसको व्यापक  विरोधमा देशको विभिन्न ठाउँ लगायत काठमाडौंमा प्रदर्शन भएको छ । भातृसंगठन लगायतका युवाहरूको एक समूहले पञ्चायत फर्कियो भन्दै प्रदर्शन देशको विभिन्न स्थानमा  गरेका हुन् ।

युवाहरुले यो पञ्चायत होइन,प्रधानमन्त्री  केपी ओली तिमी श्री ५ होइनौं’, सर्वोच्च अदालत, तिम्रो परीक्षण सुरु भयो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । कतिपयले भने प्रधानमन्त्री ओलिको कदम बाध्यकारी भएको ठानेका छन् । जेहोस् प्रधानमन्त्री ओलिले लोकतन्त्रको मर्म बिपरित संसद विघटन गरेका छन् । जुन नितान्त गलत र असंवैधानिक छ । प्रधानमन्त्री ओलिको आदेशमा राष्ट्रपति भण्डारीले संघीय संसदको विघटन गरेकी हुन्  ।

Leave a Comment