![]()
इतिहास बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुग्दै फेरि तल झर्ने देखेपछि नेकपाले गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्। अध्यक्ष थापाले आज एकाविहान नेकपा कार्यकारी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत ट्वीटरमा मेन्सन गर्दै नेकपाको पार्टी राजनीति अति भएकाले निराकरण गर्न सुझाव छ।

उहाँको ट्विटमा लेखिएको छ , अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् @kpsharmaoli @cmprachanda हामी जस्ता राजसंस्थसहितको लोकतन्त्रक पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् । यसरी अध्यक्ष थापाले आक्रोश पोखेका हुन् ।