मिल्न नसक्ने भए औपचारिक रूपमा पार्टी फुटेको घोषणा गरौँ – नेता बास्कोटा

Loading

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताहरुले विपक्ष पार्टी र्व अर्का पार्टीका  व्यक्तिहरुलाई उक्साएर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । काभ्रे  बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताहरुद्वारा धेरै व्यक्तिलाई  सरकारको विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभएको छ  । 

बास्कोटा सो “कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको विरोधी ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै अर्थ  छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन , विभाजन हुनुपर्छ । ”

u

 

आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उहाँको तर्क थियो । उक्त कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले नेता स्व सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

 

Leave a Comment