![]()
पिपुल्स न्युज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज ३० मा चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि अस्पतालले उनलाई आज डिस्चार्ज दिएको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । उनलाई टाउको दुख्ने, ज्वरो आउने तथा श्वास–प्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।