नागरिकको उपचार गर्नु सरकारको दायित्व : रेग्मी

Loading

Peoples News /काठमाडौं : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई  आफ्नै घरपरिवारमै बसेर दसैं मनाउन  सबैमा आह्वान गरेका छन् ।वडादसैंको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले आफ्नै घरपरिवारमा बसी दसैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गरेका छन् । नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भन्ने कामनासमेत उनले गरेका छन् । जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले  समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्न आह्वान गरे ।

सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको उनको भनाइ छ । ‘महामारीलाई आधारभूत स्वास्थ्य सेवा दिनु सरकारको यो मानवीय र संवैधानिक दायित्व हो’, उनले भनेका छन् ।बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादसैंका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा शुभकामना पनि व्यक्त गरेका हुन् । रासस

Leave a Comment