सरकारी अस्पतालकै अगाडि सयौंको भिड,धकेलाधकेल गरेर स्वाब दिँदै सर्वसाधारण । राज्य भिड होइन भन्छ ।

Loading

रवीन्द्र ढुङ्गेल , १२ आश्विन २०७७! सरकारी अस्पतालकै अगाडि सयौंको भिड,धकेलाधकेल गरेर स्वाब दिँदै सर्वसाधारण । राज्य भिड होइन भन्छ ।

देशमा दिनानुदिन कोरोना संक्रमित बढिरहेका छन् । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र जहाँ पनि भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ । 

अस्पतालमा क्रियाशिल  प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन। त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन्। कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो। 

साँघुरो ठाउँमा अस्तव्यस्त कोच्चिएर  गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन्। पिसिआर गराउन आउँदा उल्टै रोग सर्न सक्ने डर भएपछि फर्कनुको विकल्प नभएको बिरामी बताउँछन् । ‘कन्ट्याक्ट ट्रेसिङमा परेपछि तनावग्रस्त भएका धेरै व्यक्तिहरूको बिजोग छ । स्वाब दिन  आएका धेरैले सहजै दिने अवस्था छैन । यस्तो भीड छ, उल्टै कोरोना सर्ने सम्भावना देखें।’ एक व्यक्तिले बताए । एकअर्कालाई धकेल्दै स्वाब दिन जाँदा कोरोना संक्रमण भएकाबाट नभएकालाई सर्ने डर देखिएको छ।

Leave a Comment