विस्तारवादी चीनविरुद्ध उत्रिए नेपाली युवा । Back off China: राजदूतावास अगाडि प्रदर्शन ।

Loading

रवीन्द्र ढुङ्गेल , ११ आश्विन २०७७: हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली  युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायतका प्ले कार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ ।

हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

Leave a Comment