![]()
यदि
म युवामाथि भरोसा छ सहयोग गर्नुस, भरोसा छैन भने आफू माथि भरोसा राखेर मलाई सहयोग गर्नुहोस् : राज सिंह यादव आम आदमी पार्टी नेपालका केन्दीय सदस्य
PeoplesNews : कोरोना माहामारीको अवस्थालाई ध्यानमा राखी हरेक देशले आ÷आफनो जनतालाई बिविन्न किसिमको सेवा सुविधा दिइ रहदा पनि काठमाडौं को घरबेटीलाई मान्छेको ज्यान भन्दा भाडा ठूलो हुन गयो जस अनुसार हिजो मात्र कलैया निवासी चौधरीलाई मात्र ३ हजारका लागि मृत्यु दियो । सरकारको पनि त्यसतै अवस्था रहेको छ जनता भन्दा धन ठूलो हुन गयो । तर हामी आम जनतालाई भोक ठूलो भयो । काठमाडौं कृत्तिपुरमा कोठा भाडामा बस्दै आएका शम्भु चौधरी पत्नी मिरा चौधरी सहित ३ सन्तानका साथ कोठा भाडा तिर्ने क्रम्मा मात्र घ हजारकालागि घरबेटीले शम्भु चौधरी को हत्या गरेछन् । मात्र तीन हजार को लागि आज एउटा मानवको ज्यान गएको छ ।
के मधेशी को ठाउँमा अरू कोही भएको भए सरकारले यस्तै व्यवहार देखाउथ्यो होला तर लकडाउन को बेला धेरै काठमाडौं भाडामा बसोवास गर्ने जनतालाई आर्थिक तनाव मात्र नभएर मानसिक तनाव पनि उतिकै छ । सरकारले जनातलाई भोकमरीमा धकेल्दै आफ्नो खल्ती भर्नमै व्यस्त छन । पिसिआर टेस्ट किट मा होस् या कर लुट मा होस् सरकार अगाडि छ तर जनता को आर्थिक र मानसिक तनाव कम गर्न एक कदम पनि अघि बढाएका छैनन् ।
काठमडौंमा मात्र होइन देश भरी जनता भोकमरीका शिकार बनेका छन् । यस अवस्थामा न त केन्द्रिय सरकारले केही गर्न सकेका छन न त प्रदेश सरकारले नै केही गरेकाछन् । सरकारको जनता प्रति हेर्ने संस्कार यस्तै रहे अव जनता सरकार विरुद्ध नयाँ बाटो अपनाउन पनि बेर लाउदैन जस्तो छ । अव उपरान्त हामी युवा एक जुट भएर सरकार सँग हामीले तिरेको कर कहाँ खर्च भयो र राहत आएको अरबौं रुपैयाँ कहाँ र कति खर्च भयो त्यसको हिसाब माग्नु पर्ने हाम्रो पार्टीको पहिलो युवा आह्वान हुनेछ ।
सरकारसंग जनताको भोक मेटाउन पैसा नभएको खण्डमा करोडौँको सवारी किन्न पैसा छ । अव पनि मधेशी जनता जागेन भने चौधरी जस्तै हरेक यस्ता तत्वहरुको शिकार बन्न नसक्ने भन्ने छैनद । यस आन्दोलनमा पार्टीको तर्फबाट म सहयोग गर्दै छु अब तपाईंको पालो ।
यदि म युवामा भरोसा छ मधेश र मधेशी प्रति मेरो यस लडाइमा साथ दिन चाहनु हुन्छ भने म संग जुडन मलाई यस नं. मा फोन गर्न सक्नु हुन्छ । ९८६३६६६८१७