इतिहासमा प्रभावशाली काङ्ग्रेसको बर्तमानमा निरीह स्वभाव : केशवराज चौलागाईं

Loading

People’sNews : ईतिहासमा समयको विवशतामा गरिएका भुलहरुलाई निरन्तरता दिनुै पर्छ भन्ने छैन सुधार गरेर जान सकिने परिवेश पनि अनुकुल छ । अतिवादीहरुले पश्चगामी पनि भन्लान, उनीहरुले भन्लान भनेर मुलुक गव्दारो तिर फस्दै गरेको हेर्न आफुलाई राष्ट्रवादी भन्नेहरुका लागि राष्ट्रघात ठहर्छ । आफुलाई राष्ट्रवादी देखाउने नाममा छरछिमेकसंगको वैमनष्यता साध्नुले उग्रताको राग अलिकति शान्त पार्नु वहायक बेफाईदा नै बेफाईदामा रमाएका छौं । आफुलाई क्रान्तिकारी देखाउने नाममा जात र सम्प्रदायलाई उचाल्यौं ।

खास आस्था राख्ने, एउटा पक्षमा जन्मदै लागेका त्यही पक्षले नियुक्त गर्ने व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने थिति बसालेर निष्पक्षताको खोजी गरिरहेका छौं । यति सानो मुलुक, भोट विग्रेला भन्ने चिन्ताले मधेश उफ्रिदा उतै लोली मिलायौं, लिम्बू मगरात, ताम्सालिड सबैमा प्रत्यक्ष लोली मिलायौं । माग्नेहरुले मागेझै देको भएनि आफ्नो अंशमा चित्त वुझाउथे,विकासको जिम्मेवारी पनि लिन्थे उन्नतिको प्रतिस्पर्धा पनि हुन्थ्यो होला ! हामीलाई देश टुक्रेला जस्तो लाग्यो र जिम्मेवारी केही नलिने मुलुकलाई बोझ हुने, निकाय निर्माण गर्यौं । संघियतामा गएर पनि फेरि जस अपजसको सम्पुर्ण भारि केन्द्र सरकारले बोक्नु परेको छ ।

दलहरुका गच्छे अनुशारका नेतालाई थन्क्याउने विना विभागिय कर्मचारी जस्तो निकाय भने पक्कै बनेको छ प्रदेश सरकार । करिव ८०% ॐकार परिवार भएको मुलुकमा चर्च स्कुल र मस्जिदहरु निर्वाधरुपमा आफ्नो मान्यताको प्रचार गरिरहेकै थिए । कसैलाई कसै प्रति चासो थिएन फ्यट्ट धर्मनिरपेक्षता अपनायौं । धार्मिक सम्प्रदायहरुका कान ठाडा भए । यस्ले धार्मिक अशहिस्नुता बढनु सिवाय अरु के नाफा भयो ?? गैर हिन्दुहरुले हामीलाई स्वीकार्न अलि आनाकानी गर्थ्यौ नि !  देख्यौ त !! भन्ने दम्भ भिरे, यता हिन्दु हरु आहो !! सकि पो सकेछन् भनेर भर्खर जागरुक हुंदैछन् ।

हामीले अरुलाई कज्याउन भनेर विधान बनायौं भरे आफु कजिंदा पो बनाईएको विधिमा त चल्नै नसकिने रैछ । अनि अविधि चल्नु पर्ने भयो पक्ष विपक्ष दुबै थरिलाई । अनि नीति छोडेर धक्काधक्की गर्नु पर्ने भयो तब गुटै गुटमा वितरित भएर एक अर्काको असफलतामा रमाउन थाल्यौं । यस्ले न आफ्नो न मुलुक कस्को हित गर्ला ?? हामीले बेवल आफ्ना लागि नितान्त आफ्नो लागि राजनैतिक ईतिहासमा गम्भीर भुलहरु गरेका छौं जस्ले मुलुकलाई त रसातल लांदै छ हामी पनि नीति हराएको राजनीले ग्रसित भएका छौं । आपसी तानातानमा सबै कुरा भुलेर जति दौडिने प्रयास गरेपनि एक पाईला अगाडि बढाउन सकेका छैनौं ।

ईतिहासमा गरिएका यावत निर्णयहरु नेपाली हावा पानी र माटोसंग सापेक्ष थिए कि थिएनन् होला ?? के पुनरावलोकन गर्नु पर्ने होईन ?? हो अब पुनरावलोकन गरौं र सुधार्न मिल्ने जति सुधारेर अगाडि बढौं। हैन,  ईतिहासलाई फर्केर नहेर्ने, निर्णयहरुको पुनरावलोकन नगर्ने अन्धवेगमा जे होला होला भनेर अघि बढ्ने हो भने : सानू संगुर छोए नि जात जाने, ठूलो छोएनि जात जाने भएसी मैले त ठुलै सुँगुर छोईदिएं, भन्नू हुन्थ्यो एक जना हजुरबा, त्यस्तै हुने छ जसको शक्ति उसको भक्ति । शक्ति अदलीवदली भैरहंदा विदेशीहरुले नाङ्गो नाच चलाउने छन् ।

हामी स्वाधिनताको नाममा शक्ति अार्जनका लागि पराधिन हुँदै जाने छौं । यी विचरा वामपन्थीहरु जनतालाई एक थोक भनेर, लाजै नपच्नी गरि अर्को थोक गरिरहेका छन् के भन्नू छ र !! मधेशवादीहरु सिङ्गो देशको गर्नै सक्दैनन् । राप्रपा : ६० नाघेकी स्त्रीले पाउडर दलेर तन्नेरी छु भन्दा कस्ले पत्याउने ?? आफ्नो कार्यकालमा शुसाशनमा नाङ्गेझार समेत भएको कांग्रेश पार्टी लाई फेरि पनि मुलुकलाई सही दिशामा लान पाउने सुवर्ण अवसर प्राप्त छ । वृद्ध भत्ता थापेर आएका एकजना बा लाई मैले प्रशन गर्दा राजा, देउता, परम्परा मान्छ यो पार्टीले भनेर मैले कांग्रेशलाई भोट दिएको हुं भन्नू हुन्थ्यो । हुन पनि अरु धेरै कारण भएपनि अधिकांश मतदाताहरुले यही विश्वासमा यो पार्टी रोजेका हुन, छोड्नेले पनि यही मान्यतामा विश्वास गुमाएकाले जात गए ठुलै छोएर जावस् भनेका हुन् ।

कति कांग्रेसका मतदाताहरु हिन्दु राज्य चाहिन्छ भन्ने पनि छन् । तर कांग्रेस पार्टी कुनै सम्प्रदायको पार्टी बन्नु हुंदैन । वरु जन्मदै वोल्दै आएको धार्मिक स्वतन्त्रताको पक्षमा उभिनु सबैको हितमा हुने छ । आफुलाई वि.पि वादी भन्नेहरुले । आफ्नो भुल ढाकछोप गर्ने हिसावले आफ्नो अनुकुल व्याख्या गर्ने दुष्प्रयास गरिरहेका छन् । राजाद्वारा प्राप्त पद प्रतिष्ठा खोसिएका, फाँसी मुद्धा गलामा भिरेका कोईरालाले राष्ट्रिय एकताका लागि राजाको अनिवार्यता त्यतिकै भनेका होईनन् ।

जनताले बनाएको संविधान द्वारा व्यवस्थापन गरिएको तठस्थ राष्ट्र प्रमुखको अनिवार्यता केवल एक याम र दशकका लागि मात्र भनिएको थिएन । नेपाली सामाजिक चरित्र र मनोविज्ञान, नेपाली सास्कृतिक वातावरण,बिदेशीहरुको गिद्धे दृष्टि लगायत नेपालको भु-राजनीतिलाई राम्रो अध्यन गरेका वि.पि कोईरालाले केवल रणनैतिक कुरा नगरेर मुलुकको यथार्थ वोल्नु भएको थियो । 

राजा खराव हुन सक्छन, भगवान रामले रावण हटाएर विभिषणलाई, वाली हटाएर सुग्रीवलाई, त्यसै गरि श्रीकृष्णले कंशलाई च्युत गरेर उस्कै बुबालई लोक हितका लागि नियुक्त गरेका पौराणिक सत्य हो । पौराणिक सत्यताको संस्कृतिमा हुर्केको नेपाली सामाजिक चरित्र असल राष्ट्र प्रमुखको पक्षमा अझै पनि छन् । त्यसैले कांग्रेस पार्टीले लोक सम्मति अनुशारअगाडि बढ्ने हिम्मत जुटाउन सक्नु पर्छ ।धार्मिक स्वतन्त्रता,सास्कृतिक राष्ट्रप्रमुख,र संघीयताको पुनर्संरचना को बहस चलाएर आफ्नो पार्टीको नीति तय गर्नु पर्छ। नत्र कांग्रेस ईतिहासको गर्तमा अस्ताउने छ, नेपाल विदेशीहरुको परेड खेल्ने रंगशाला हुनेछ ।

यो मेरो नितान्त निजी विचार हो । 

Leave a Comment