जनता कहिले यो पार्टी कहिले त्यो पार्टी प्रवेशमा रमाउदै

Loading

Peoples news : बाजुरा : जिल्लाको गौमुल गाउँपालिका–५ कोटका १० बढी परिवारले काँग्रेस छोडेका छन् । लामो समय काँग्रेसको विचारमा गोलवद्ध परिवारले काँग्रेस छोडेर नेकपा प्रवेश गरेका हुन् । कोट टोल काँग्रेसको लाल किल्लाको रुपमा चिनिदै आएको थियो ।

नवप्रवेशीलाई नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं गौमुल ईन्चार्ज हरि बहादुर रोकाया, जिल्ला कमिटी सदस्य सीता थापा, कलक बहादुर सिंह, कर्ण बुढाले अविर लगाएर स्वागत गरेका छन् । नवप्रवेशीलाई भव्य समारोहका बीच प्रवेश गराउने कार्यक्रम रहेपनि कोरोनाका कारण सामाजिक दुरी कायम गरेर राज्यको नियम पालना गर्दै प्रवेश गराईएको बताईएको छ ।

काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेमा नेपाली काँग्रेसमा विगत लामो समयदेखि सक्रिय कार्यकर्ताको रुपमा रहेका कोट टोलका सुरेश बुढा, शंखु बुढा, कन्तेरे बुढा, हाँसु बुढा, बिउरा बुढा, गगन बुढा, जनक बुढा, डोल्मा बुढा, बुदे बुढा, खुडु बुढा रहेका छन् ।

त्यस्तै सागर बुढा, ललिता बुढा, हिरा बुढा, जगत बुढा, खिना बुढा, भोजन बुढा, नविन बुढा, अशोक बुढा, प्रकाश बुढा, भविन्द्र बुढा, उज्या बुढा, भग बुढा, अञ्जना बुढा, चाँदनी केसी बुढा, करन बुढा, हिरा बुढा, किट्टी बुढा, हिमा बुढा, जित बुढा, रमिता बुढा, जल्फु बुढा, रन रोकाया, झिमा रोकाया रहेको वडा कमिटी अध्यक्ष प्रकाश रोकायाले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं गौमुल ईन्चार्ज हरि बहादुर रोकायाले विचारलाई परिपक्क र दिगो रुपमा लिन आग्रह गर्नुभएको छ । कम्युनिस्टको विचार धारालाई बुझेर नेकपामा प्रवेश गरेको बताउँदै सिंगो संगठनमा ईमान्दार तरिकाले आफ्नो भूमिका खेल्न सबै नवप्रवेशीलाई आग्रह गर्नुभएको छ ।

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य एवं गौमुल ईन्चार्ज हरि बहादुर रोकायाको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रमको बिशिष्ट नेकपा जिल्ला कमिटी सदस्य सीता थापा, कलक बहादुर सिंह, कर्ण बुढा रहनुभएको थियो । कार्यक्रममा पूवै गाविस उपाध्यक्ष देब बहादुर रोकाया, वडा संगठन कमिटी अध्यक्ष प्रकाश रोकाया, नेकपा कार्यकर्ता मोहन रोकाया लगायत अथिति रहनुभएको थियो ।

Leave a Comment