कोरोना भाइरस नेपालस् सङ्क्रमितको संख्या थपिएको थपै, मृत्युको संख्यामा पनि बढोतरी

Loading

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ९१८ जना मुक्त भएका छन् भने थप १,०८१ जनामा सङ्क्रमित र छ जना मृतक थपिएका छन् ।

PeoplesNews : बुधवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४९,२१९ र निको हुनेको सङ्ख्या ३३,८८२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ६९ प्रतिशत छ । अहिलेसम्म नेपालमा ३१२ जनाको कोभिड-१९ का कारण मृत्य भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिले नेपालमा १५,०२५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७,०३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितहरूमध्ये १६२ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारन्टीनमा ५,४८० जना रहेका छन् । यो अवधिमा ११,१६७ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमित कहाँका कति ? : बुधवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ३९४ जना रहेका छन् । भक्तपुरमा ३६ र ललितपुरमा ३४ गरी उपत्यकाका जिल्लामा कुल ४६६ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै मोरङमा ७७ जना, सुनसरीमा ५६ जना, रोतहटमा ७० जना, सिराहामा ८१ जना र मकवानपुरमा ४२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै रूपन्देहीमा ४२ जना थपिएका छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाण्डू, चितवन, भक्तपुर, ललितपुर र रूपन्देही रहेका छन् । सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् । मृतक कुन जिल्लाका ? : बुधवार मृत्यु पुष्टि भएका मध्ये काठमाण्डूमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै कास्कीकी ७३ वर्षीया र बाँकेको ८० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीमा ६४ वर्षीय पुरुष रहेका छन् ।

Leave a Comment