सप्तकोशी नपा 9 वडा कार्यालयमा गरिएको ताला बन्दि नगरप्रमुखको आस्वासन पछि खोलियो

Loading

Peoples News : सुनिल साह/कमलपुर : सप्तरी २२ भदौ ०७७। सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर 9 को वडा कार्यालय तालाबन्दी भएको छ । कमलपुरमा अवस्थित सो वडा कार्यालयका वडा अध्यक्ष चन्द्र नारायण यादवसँग स्थानीय युवाहरुले वडा समितिको निर्णय पुस्तिका मागेको र वडा अध्यक्ष यादवले स्थानीयलाई कुनै जानकारी नै नदिई जथाभाबी तरिकाले आफ्नै ढंग र तरिकाले उक्त गाउमा आर्थिकहानी हुने खालको गतिबिधि गरेको तथा केहि दिन अघि वडा नम्बर 9 मा रहेको मन्दिर भत्काई अन्यन्त्र बनाई दिने आस्वासन दिई बनाइ नदिएको केहि दिनपछि मात्रै दिने भनेर टारेपछि आक्रोशित युवाहरुले नियमित प्रशासनिक काम हुने वडा कार्यालय तालाबन्दी गरेका छन् ।

मन्दिर कहाँ राख्ने भन्ने सम्बन्धमा लामो समयदेखि बिबादास्पद साबित हुँदै आएको कमलपुरमा फेरि एउटा झटका महसुस गरिएको छ । वडा कार्यालयको अवस्थिति सम्बन्धि निर्णय ५ जनप्रतिनिधि सम्मीलित वडा समितिबाट मात्रै हुन नसक्ने युवाहरुको जिकिर रहेको छ । सो विषयको बिबादले उग्र रुप लिएपछि बिगत ५ दिनदेखि वडा कार्यालयको काम गतिविधि ठप्प भएको थियो ।

हालैमात्र सप्तकोसी नगरपालिका प्रमुख सहितको उपस्थितिमा उक्त समस्या सुल्झाउने प्रयास भएको छ । लगभग २०/२५ जनाको हाराहारीमा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै नगर प्रमुखले , कमलपुरको समस्यालाई राजनितिकरण नगरी , आपसी समझदारी र साझेदारीमा निर्णय गर्न सुझाव दिएका छन् । उनले भने , कमलपुरको धार्मिक मामिलामा पनि कुनै विवाद हुनु हुँदैन , धार्मिक मामिलामा तपाईंहरु सबै एकजुट हुनुपर्छ र धार्मिक क्षेत्रको विकास गर्नुपर्छ । आफ्नो क्षेत्रको विकास गर्न कुनै पार्टी विशेष मात्र खटेर हुँदैन , तपाईंहरु सबैले साथ र सहयोग दिनुपर्छ नगरप्रमुखले बताएका छन् ।

अनिर्णयको बन्दी बन्नुभन्दा छिटोभन्दा छिटोभन्दा सहमतिमा नै काम गर्नुपर्छ , जनताको अत्यावश्यक प्रसासनिक काम रोकिनु हुँदैन – मेयरले थपे ।

वडा र गाउँ अध्यक्ष चन्द्र नारायण यादवको व्यक्तिगत होइन र यो मन्दिर कहाँ राख्ने भनि आपसी समझदारीमा उपयुक्त ठाउँमा राख्नुपर्छ भन्ने युवाहरुको माग थियो र सोही बमोजिम निर्णय नभएकोले ताला लगाइएको उनीहरुको तर्क छ । मेयरको सकारात्मक तर्कपछी केहि खुशी महसुस गरेका स्थानीयले ताला खोल्ने र सहमतिमा निर्णय गर्न सुझाव दिने बताएका छन् ।

Leave a Comment