किन बैदेशिक अनुदान सबै नेता र पार्टीलाई मात्र ?

Loading

काठमाडौं : नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सरकारले १ अर्ब ३२ करोड रुपैया अनुदान दिने भएको छ ।  सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि भन्दै नेपाल सरकारले खनालका नाममा स्थापना गरिएको प्रतिष्ठानलाई उक्त रकम दिएको हो  ।

स्रोतका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारले १ अर्ब ३२ करोड रुपैयाँ दिने निर्णय गरेका हुन । सरकारले   ७२  करोड रुपैयाँ पहिलो किस्तामा प्रतिष्ठानलाई दिने छ भने बाँकी दोस्रो किस्तामा दिने छ ।

राजनीति र व्यापारलाई एक साथ अगाडि बढाएका खनालले आफ्नो श्रीमती र छोरालाई व्यापारमा पूर्ण रुपमा देखाउने गरेका छन् । उनले २०६६ सालमा हेटौडामा  सल्लोबाट क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनी किशोरी महतोसंग किनेका थिए  । बैंक लोनबाट किनेको उक्त कम्पनी अगाडि बढ्न नसके पछि साडुभाइ सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला बैंकको  उक्त  ऋण मिलाएका थिए ।

प्रतिष्ठानका नाममा अनुदान दिए पनि  झलनाथको प्रभावका कारण सरकारले यति ठूलो रकम दिने निर्णय गरेको नेकपाका एक नेताले गुनासो गरे ।  नेकपा भित्र नेतृत्व कलह  चर्किरहेका बेलामा खनालका नाममा खुलेको प्रष्ठिानलाई यति ठूलो रकम अनुदान दिनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

Leave a Comment