कोरोना संक्रमित मध्ये थप ७ जनाको मृत्यु

Loading

कोरोना संक्रमित पछिल्लाे २४ घन्टामा थप सातजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिला र ६ जना पुरुषको निधन भएको जनाएको छ । निधन हुनेमा काठमाडौंका तीनजना छन् । काठमाडौंकी ७१ वर्षीया महिला, ७४ वर्षीय पुरुष र ६६ वर्षीय पुरुष भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यसैगरी सिराहका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसमेत सोमबारसम्म कोरोना संक्रमण भएर निधन हुनेको संख्या एक सय ६४ पुगेको गौतमले जानकारी दिए ।

Leave a Comment